6 March 2021  |   शनिबार, फाल्गुन २२, २०७७

राजनीति

‘संस्थाप्रति आँच आउन दिन्न’: लक्ष्मणराज पौडेल

‘संस्थाप्रति आँच आउन दिन्न’: लक्ष्मणराज पौडेल

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७       |
भोली फागुन २२ गते शनिवार कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानलहरु चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै एउटा समूह रहेको लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूह । पौडेलले यसअघि पनि संघका अध्यक्ष बाहेक अन्य विभिन्न पदमा बसेर समेत काम गरिसकेका छन् । सोही समूहबाट संघको अध्यक्ष पदका प्रत्याशी पौडेलसँग
बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७७       |
काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले
‘पिडुँला देखाएर सांसद भएको’ भन्ने पन्तको अभिव्यक्तिप्रति कोमल वलीको कडा आपत्ति

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने पन्तको अभिव्यक्तिप्रति कोमल वलीको कडा आपत्ति

    प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७७       |
काठमाडौँ– राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे कडा आपत्ती जनाएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत पन्तको अभिव्यक्तिबारे आपत्ती जनाएकी हुन् । एक कार्यक्रममा पन्तले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए ।पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तु
ओली समूहले देव गुरुङलाई हटाएर प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त गर्‍याे

ओली समूहले देव गुरुङलाई हटाएर प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त गर्‍याे

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन १४, २०७७       |
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराइलाईलाई नियुक्त गरेकाे छ । प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहका नेता गुरुङलाई हटाएर आफ्नाे समूहका भट्टराईलाई प्रमुख सचेतक बनाउनुभएकाे हो । प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका
चार निर्णय गरेर सकियो ओली समूहको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

चार निर्णय गरेर सकियो ओली समूहको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

    प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७७       |
नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्णय गरेको उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार आजको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ।'कतिपय फैसलाहरू अपेक्षित हुँदैनन्। तिनका परिणाम पनि राम्रा हुँदैनन्। सर्वोच्चको हिजोक
देउवा, प्रचण्ड र माधव नेपालबीच २० मिनेट कुराकानी

देउवा, प्रचण्ड र माधव नेपालबीच २० मिनेट कुराकानी

    प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७७       |
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका छन्। बुधबार दिउँसो उनीहरूबीच २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा कुराकानी भएको हो। छलफल सकेर प्रचण्ड-नेपाल अहिले देउवा निवासबाट बाहिरिसकेका छन्। देउवाका सहयोगी भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्न
नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु

नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु

    प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७७       |
काठमाण्डाै – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने फैसला सुनाएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा भइरहेको बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायत सहभागी छन् । बैठकले अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउने छ । ओली समूहका नेताहरुले अदालतको फैसला मान्ने बताए पनि यसले अस्थिरता बढाउने बताउँदै आएका छन् ।
सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब दिँदैन : उपप्रधानमन्त्री पोखरेल

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब दिँदैन : उपप्रधानमन्त्री पोखरेल

    प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७७       |
चितवन उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावसँग सम्बन्धित सबै पक्ष तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमवार पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय चुनावको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिनुभयो । प्रतिनिधि सभा चुनाव निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, ‘चुनाव
ओलीको ‘गुरिल्ला’ प्रेम, नौटंकी नै हो ?

ओलीको ‘गुरिल्ला’ प्रेम, नौटंकी नै हो ?

    प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७७       |
- अछुत कोपिला नेपालमा १० वर्ष चलेको जनयुद्धलाई सबैभन्दा बढी कसैले विभिन्न तवरले प्रहार ग¥थ्यो भने त्यो प्रधानमन्त्री केपी शर्मा ओली हुन् । उनी विगतमा माओवादीको जनयुद्धलाई विभिन्न तौर तरिकाबाट छेड हान्दै आएका थिए । ओली माओवादी लडाकुलाई‘गुरिल्ला’को संज्ञा दिन्थे । माओवादीले पनि ओलीलाई प्रमुख शत्रु मान्थ्यो । ओलीले हिजो पनि जनयुद्ध स्वीकार गरेका थिएनन् । पार्टी एकतापछि पनि स्वीकार गरेनन् ।अब पनि
कोहलपुरमा काँग्रेसको सरकार विरुद्ध चर्को नाराबाजी (फोटो फिचर)

कोहलपुरमा काँग्रेसको सरकार विरुद्ध चर्को नाराबाजी (फोटो फिचर)

    प्रकाशित मितिः सोमवार, पुस १३, २०७७       |
कोहलपुर । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को आयोजनामा कोहलपुरमा सरकारका विरुद्ध बृहत विरोध सभा आयोजना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमामा काँग्रेसले देशभर झैँ कोहलपुरमा पनि प्रदर्शन गरेको हो । सोमबार दिउँसो पार्टीको भण्डा सहित सडकमा आएका काँग्रेस कार्यकर्ताले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । उनीहरुले संसद विघटन जस्तो असंवैधानिक कदम चालेर ओल
ओलीलाई कारवाही गर्ने निर्णय भइसकेको छ, भ्रममा नपरौँ– प्रचण्ड

ओलीलाई कारवाही गर्ने निर्णय भइसकेको छ, भ्रममा नपरौँ– प्रचण्ड

    प्रकाशित मितिः सोमवार, पुस ६, २०७७       |
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको हुँदा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले ओलीको कुनै पनि भ्रममा नपर्न घुमाउरो पारामा आग्रह गरेका छन् । यस्तो छ प्रचण्डको विज्ञप्ति
राप्रपाले बोलायो आकस्मिक बैठक

राप्रपाले बोलायो आकस्मिक बैठक

    प्रकाशित मितिः आइतवार, पुस ५, २०७७       |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ। राप्रपा अध्यक्ष कमल थापाका अनुसार आइतबार ३ बजे राप्रपा सचिवालय कार्य व्यवस्था समितिको बैठक बोलाइएको हो। थापाले ट्वीटरमार्फत् संसद विघटनको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।