गणेश रावत । कोहलपुर ।
इलाका प्रशासन कार्यालय कोहलपुरले तीन आर्थिक वर्षमा १३ हजार ४ सय ७० राहदानी वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९–०८० देखि आर्थिक वर्ष २०८१–०८२ सम्म १३ हजार ४ सय ७० राहदानी वितरण गरेको हो । आर्थिक वर्ष २०७९–०८० मा कार्यालयबाट ५ हजार ८ सय ९८ जनालाई राहदानी वितरण गरिएको कार्यालय प्रमुख अन्तिम सिंजालीले जानकारी दिइन् । यस्तै आर्थिक वर्ष २०८०–०८१ मा ४ हजार २ सय ८८ जनालाई राहदानी वितरण गरिएको उनले बताइन् ।
त्यस्तै आर्थिक वर्ष २०८१–०८२ मा ३ हजार ८८ सय ४ जनाले राहदानी लिएका हुन् । उनका अनुसार कार्यालयले विभिन्न १० वटा सेवा प्रदान गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९–०८० मा वंशजका आधारमा नयाँ नागरिकता ५ हजार २ सय ३२ जना, वैवाहिक अंगिकृत नागरिकता ३९, नागरिकता प्रतिलिपि ६ हजार ३ सय ९७, जन्मको आधारमा वंशज नागरिकता ८१, राहदानी इनरोलमेन्ट भएका ५ हजार ८ सय २७ र राहदानी ५ हजार २ सय ९८ जनालाई वितरण गरिएको छ ।
त्यसैगरी राहदानीका लागि ५ हजार ६ सय ४८ आवेदन प्राप्त भएका थिए । राष्ट्रिय परिचयपत्र ९ हजार २ सय ३१, नाबालक परिचयपत्र १ सय र सिफारिस तथा प्रमाणीकरण १ हजार १३ जनाले सेवा लिएका छन् । उक्त आर्थिक वर्षमा कार्यालयले ३ करोड ११ लाख ६५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । यस्तै आर्थिक वर्ष २०८०–०८१ मा कार्यलयबाट वंशजका आधारमा नयाँ नागरिकता ४ हजार ५ सय ८० जना, वैवाहिक अंगिकृत नागरिकता १६, नागरिकता प्रतिलिपि ४ हजार ४ सय ८५, जन्मको आधारमा वंशज नागरिकता २६, राहदानी इनरोलमेन्ट भएका ४ हजार १ सय ६ र ४ हजार २ सय ८८ राहदानी वितरण भएका थिए ।
उक्त वर्ष राहदानीका लागि ४ हजार ५ सय २७ निवेदन प्राप्त भएका थिए । राष्ट्रिय परिचयपत्र ६ हजार ९ सय ७६ र नाबालक परिचयपत्र १ सय २२ वितरण गरिएको थियो । उक्त वर्ष २ करोड ३८ लाख ४० हजार रूपैयाँ राजस्व संकलन गरेको हो । आर्थिक वर्ष २०८१–०८२ मा वंशजका आधारमा नयाँ नागरिकता ४ हजार २ सय १३ जना, वैवाहिक अंगिकृत नागरिकता २०, नागरिकता प्रतिलिपि ४ हजार ७ सय ५३, जन्मको आधारमा वंशज नागरिकता १५, राहदानी इनरोलमेन्ट भएका ४ हजार १ सय २३ र ३ हजार ८ सय ८४ राहदानी वितरण भएका थिए ।
राहदानीका लागि ४ हजार २१ निवेदन दर्ता भएका थिए । राष्ट्रिय परिचयपत्र १२ हजार ३ सय १८, नाबालक परिचयपत्र १ सय ८, जातीय सिफारिस ५ सय ६ र फरक फरक नामथर तथा प्रमाणीकरण ५३ जनाले सेवा लिएका छन् । उक्त वर्ष कार्यालयले २ करोड २२ लाख २० हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
राहदानी लिनेको सङ्ख्या घट्दो
इलाका प्रशासन कार्यालय कोहलपुरबाट राहदानी लिनेको सङ्ख्या घटिरेहको छ । तीन आर्थिक वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष राहदानी लिनेको सङ्ख्या घटेको पाइएको हो । कार्यालय प्रमुख सिंजालीका उनका अनुसार आर्थिक वर्ष २०७९–८० को भन्दा राहदानी लिनेको सङ्ख्या आर्थिक वर्ष २०८०–०८१ मा १ सय १० जनाले घटेको हो । त्यस्तै आर्थिक वर्ष २०८०–०८१ को भन्दा आर्थिक वर्ष २०८१–०८२ मा कार्यालयबाट राहदानी लिनेको सङ्ख्या ४ सय ४ जनाले घटेको उनले बताइन् ।









प्रतिक्रिया दिनुहोस्