काँग्रेस मूक्त नेपाल बनाउछौं : रोकाय



कोहलपुर, ७ मंसिर/ वाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले काँग्रेसमुक्त नेपाल बनाएपछि मात्रै नेपालमा विकास र सम्वृद्धिको युगको सुरुवात हुने बताएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिकाको सुतैयामा बुधबार आयोजित कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ का उम्मेदवार आईपी खरेलले निर्वाचनपछि मुलुक काँग्रेसमुक्त हुने दावी गरे ।

विकास र सम्वृद्धिको लागि कांग्रेसमुक्त नेपाल बनाउने अभियानमा साथ दिन उनीहरुले अपिल समेत गरे । कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार रोकायले वर्गिय मुक्ति र समग्र उत्पीडन र उपेक्षितको पक्षमा काम गर्न वामपन्थीहरुको सरकार आवश्यक भएको बताए । उनले भने,– राष्ट्रिय स्वाधिनताको रक्षाका लागि काँग्रेसमुक्त नेपाल आवश्यक छ ।

प्रदेशसभाका उम्मेदवार खरेलले आर्थिक विकास र सम्वृद्धिका लागि वामपन्थीलाई रोज्न अपिल गरे । प्रदेश १ मा बुधबार वडाहरुमा टोलटोलमा घरदैलो र प्रचारात्मक अभियान जारी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ७ गते बिहीबार