डेउडा गीत ‘हौश्या जोवन’ बजारमा



धनगढी ।

पछिल्लो समयमा गीत संगीतमा कर्म गर्नेहरूको लहरमा छ । तर यसको वजन भने खस्किँदो अवस्थामा छ । यही आकाशका एउटा तारा हुन् शेरि औजी उनीबाट यो प्रवृत्तिको अपेक्षा गरिएको छैन किन कि उनले आजसम्म श्रृजना गरेका र गाएका हरेक गीतहरूमा सामाजिक र शब्द चयनको अनुशासन प्रमुख रूपमा देख्न सकिन्छ र गीतले उनको आवाज प्राप्त गर्दा माधुर्यता र मौलिकता झल्केको महसुस नगर्ने सायदै भेटिन्छन् ।

सबै उमेर समूहकाहरूले शेरि औजिप्रति अत्यन्त मोह देखाएका छन् । त्यो सायद उनको सरलता र ज्यादुरस कण्ठ कै कारणले होला ।
जति सुन्दा पनि धित नमर्ने मौलिक भाकाहरू गाइरहन्छन् । केही दिन अगाडी उनको आफ्नै शेरी आइजी युट्युव च्यानलबाट बजारमा आएको ‘हौश्या जोवन’ बोलको डेउडा गीतमा मनै छुने शबदहरू छन् । हरिश पार्कि हरपलको प्रस्तुति, सर्जक गोकर्ण दयालका मार्मिक र मौलिक शब्दले स्वयम् औजीको लय पाउँदा मनमोहक बनेको गीतले तीनै मधुर स्वरका गायक शेरि औजी लक्ष्मी नेपालीको रहेको छ ।

सुदूरपश्चिमको सुन्दर डडेल्धुरा जिल्लाको भित्रीमधेशको प्राकृतिक अनुपमतामा छायांकन भएको गीतमा लोकप्रिय मोडल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बैतडीका अध्यक्ष ज्ञानेन्द्र सुनार र चर्चित मोडेल मनिषा रावल रहेका छन् भने अत्यन्तै आकर्षक देखिने भिडिओमा निर्देशन कुशल निर्देशक सुरेन्द्र संगम (डोट्याल बड्डो)ले गरेका छन् । छायांकन सम्पादनमा कृष्ण बाबू रहेका छन् भने गीतको ऐरेन्ज भुवनप्रकाश बडुले गरेका छन् । पर्यटन प्रवद्र्धन र भाषा संस्कृति संरक्षणको दर्जामा रहने दर्शकहरूको सुझाब छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार