कर्णाली प्रदेशमा लक्षित वर्गलाई १२ करोड बजेट



oppo_2

सुर्खेत ।

कर्णाली प्रदेशमा लक्षित वर्गका लागि १२ करोड बढी बजेट विनियोजन गरिएको छ । शुक्रबार कर्णाली प्रदेशमा न्यायिक सहायता बजेट विनियोजन सम्बन्धि पैरवी संवाद कार्यक्रममा बजेट विनियोजन गरिएको बताइएको हो । पहाडी क्षेत्र विकास अभियान जाजरकोटको आयोजनामा गरिएको कार्यक्रममा दलित आयआर्जन कार्यक्रमको लागि ५ करोड, युवा लक्षित उद्यमशिलतामा आधारित कर्जामा ब्याज अनुदान कार्यक्रम ६ करोड, कानुन निर्माण, लक्षित वर्गको योजना निर्माण, अन्तक्र्रिया लगायतका लागि २५ लाखसहित १२ करोडभन्दा बजेट विनियोजन गरिएको जनाइएको हो ।

कानुनी सहायता, कानुनी सचेतना र जवाफदेहितामार्फत कर्णाली प्रदेशका महिला र सिमान्तकृत समूहहरूको न्यायमा पहँुच अभिवृद्धि परियोजना अन्र्तगत संवाद कार्यक्रम गरिएको परियोजना संयोजक भिमबहादुर नेपालीले जानकारी दिए । कार्यक्रम पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यसमिति सदस्य चन्द्रकला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव विरेन्द्रबहादुर केसी रहेका थिए । कार्यक्रममा प्रदेश सरकारका सचिव ढोलकराज ढकाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतम, प्रदेश सभाका उपसचिव सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत, आर्थिक ममिला तथा योजना मन्त्रालयका कानुन अधिकृत, मुख्य न्यायधिवक्ताको कार्यालय, पत्रकार, नागरिक समाजका प्रतिनिधि लगाएको सहभागी थिए । नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको सहयोगमा आयोजना गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार