प्युठानी युवा समाज र फोनिज बाँकेले गरे वृक्षारोपण



नेपालगन्ज ।

‘वृक्षारोपण गरोैँ, हरियाली बनाओैँ’ भन्ने नारासहित प्युठानी युवा समाज बाँके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको सहकार्यमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । प्युठानी युवा समाज बाँकेका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित राँझा एयरपोर्ट नजिकै रहेको पशुपति मन्दिर परिसरमा वृहत् वृक्षारोपण गरिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेको सहकार्यमा भएको वृहत् वृक्षारोपणमा पचासभन्दा धेरै विभिन्न जातिका फलफूलका बिरुवाहरू रोपिएको आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष अशोक थापा मगरले बताए ।

कार्यक्रममा प्युठानी युवा समाजका अध्यक्ष विष्णु श्रेष्ठ, उपाध्यक्ष लक्ष्मण पन्थी, कोषाध्यक्ष रामचन्द्र पोख्रेल, सल्लाहकार नवीन शर्मा, मेघराज पोख्रेल, पदम सुवेदी, शशिधर भण्डारी, विष्णु केसी, रेशम श्रेष्ठ लगायत सक्रिय प्युठानी युवाहरूको उपस्थिति रहेको थियोे भने फोनिज बाँकेबाट फोनिज अध्यक्ष अशोक थापा मगर, फोनिज केन्द्रीय सदस्य प्रज्वल श्रेष्ठ, फोनिज प्रदेश कोषाध्यक्ष भगतराम थारू र फोनिज बाँकेका उपाध्यक्ष सोम गुरुङ, पशुपति मन्दिर व्याबस्थापन समिति, स्थानीय तथा राजनीतिकर्मी लालबहादुर थापा, प्रज्वल शाही लगायतको सहभागितामा वृक्षारोपण भएको थियोे ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार