दार्चुला ।
ढुङ्गाले लागेर गम्भीर घाइते प्रहरी जवान दिपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार बिहान महाकाली नगरपालिका–६ निसिलका स्थानीय पाल घरनजिकै माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए । लगत्तै स्थानीय बासिन्दाले उद्धार गरी जिल्ला अस्पताल पु¥याए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पाल केही दिनअगाडि मात्रै बिदामा घर आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । प्रहरी जवान पाल काठमाडौँमा दरबन्दी भई बैतडीमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्