मजुवामा विकासको लहर



बुटवल बजारसँगै पूर्व–पश्चिम राजमार्गसँग जोडिएको मजुवा क्षेत्र विकासको हिसाबले धेरै पछाडी परेको थियो । तर अहिले विकास भएपछि नचिनिने भएको छ । पुरानो बस्ती भएको र लालपुर्जा भएको उक्त क्षेत्र सतनाउ र दानव नदीको बीचमा पर्ने भएकाले पनि यसको विकासमा खासै ध्यान दिइएको थिएन । पछिल्ला केही वर्ष यतादेखि उक्त ठाउँमा घर बनाएर बस्ने मानिसहरूको बस्ती बढेपछि अहिले विकासले फड्को मारेको हो ।

श्यामलाल पोखरेल । बुटवल ।

केही वर्ष अघिसम्म बुटवल– ११ मा पर्ने मजुवा क्षेत्र बुटवलको विकट भनेर चिनिन्थ्यो । बुटवल बजारसँगै पूर्व–पश्चिम राजमार्गसँग जोडिएको मजुवा क्षेत्र विकासको हिसाबले धेरै पछाडी परेको थियो ।

तर अहिले विकास भएपछि नचिनिने भएको छ । पुरानो बस्ती भएको र लालपुर्जा भएको उक्त क्षेत्र सतनाउ र दानव नदीको बीचमा पर्ने भएकाले पनि यसको विकासमा खासै ध्यान दिइएको थिएन । पछिल्ला केही वर्ष यतादेखि उक्त ठाउँमा घर बनाएर बस्ने मानिसहरूको बस्ती बढेपछि अहिले विकासले फड्को मारेको हो ।

तिनाउ र दानव नदीको चपेटोमा परेको मजुवा क्षेत्रमा १५ हजार बढी जनसङ्ख्या रहेको छ । ठूलो जनसङ्ख्या भएको क्षेत्र भएपछि राजनीतिक दलहरूले यो बस्तीलाई लामो समयसम्म भोटबैंकको रूपमा प्रयोग गर्दै आएका थिए । तर खासै विकास भएको थिएन । चुनावको बेला नदी तटबन्दन र सडक खानेपानीदेखि सबैका लागि बजेटको आश्वासन दिँदै चुनाव जित्ने गरेपनि खासै विकास नभएका कारण यसलाई केही वर्ष अघिसम्म बुटवलको विकट भनेर चिनिन्थ्यो बुटवल– ११ को मजुवा क्षेत्र ।

पछिल्ला केही वर्ष यतादेखि उक्त ठाउँमा विकासपे्रमी सचेत युवाहरू बस्न थालेपछि विकासले फड्को मारेको बताउँछन् स्थानीय महेन्द्र अर्याल । ‘विकासका लागि बजेट परेको छ, अझै विकास गर्छौँ । बुटवलको कर्णाली भनेर चिनिने यो ठाउँलाई सिंगापुर बनाउने गरी लागेका छौँ ।’ उनले भने । मजुवाअन्तर्गत पर्ने सिरान गाउँ, दुर्गानगर, धुर्वनगर, टप मजुवा लगायतका आधा दर्जनबढी बस्तीमा ७ वटा टोल विकास संस्थाहरू विकासका काममा सक्रिय भएर लागेका छन् ।

अहिले उक्त क्षेत्रमा सडकहरू कालोपत्रे भएका छन्, भने बाँकी रहेका सडकहरू कालोपत्रे गर्ने अभियान चलेको छ । तीनवटा खानेपानी संस्था छन् । बुटवलको मैनानगरलाई जोड्नका लागि पुलको अभाव थियो भने अहिले ठूलो पक्की पुल सञ्चालनमा छ । विद्यालय नभएर ठूलो समस्या रहेको त्यहाँ अहिले स्कुलहरू खोलिएका छन् । सामाजिक क्षेत्रका लागि मठमन्दिर, सामाजिक भवनहरू निर्माण गरिएको छ ।

अहिले चालू आर्थिक वर्ष २०८१-२०८२ को बजेटले धुर्वनगर टोल विकास संस्थाको भवन बनाउन लागिएको छ । अर्घाखाँचीबाट बसाइँसराइ गरी उक्त स्थानमा आएका भरत अधिकारीको अगुवाइमा धुर्वनगर टोल विकास संस्थाको भवन बनाउन लागिएको हो । धुर्वनगर टोल विकास संस्थाका अध्यक्षसमेत रहेका युवा उद्यमी उनले बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा झण्डै १० लाखको लगानीमा भवन बनाउन लागिएको बताए ।

आठवटा सडकहरू कालोपत्रे गर्न लागिएको जानकारी गराउँदै उनले भने, ‘हामी यो ठाउँमा आउँदा खोलाको डर थियो, अहिले तटबन्धन गरेपछि ढुक्क भएका छौँ । मन्दिर, पुल, खानेपानी, सामाजिक भवनहरू बनाएका छौँ र सरसफाइमा सबैको चासो भएकाले विकासका कामलाई बढी प्राथमिकता दिएका छौँ ।’

आफ्नो व्यवसायसँगै समग्र मजुवा क्षेत्रको विकासका लागि दैनिकी जस्तै बनाएका उनले विकासका काममा धेरैको साथ सहयोग रहेको हुँदा विकासका कामले मजुवा क्षेत्रले गति लिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २ गते सोमबार