विकास स्तरोन्नतीका लागि अनुगमन



कोहलपुर, २ मंसिर/ बाँकेको डुडुवा गाउँपालिकाको विकास स्तरोन्नतिका लागि शुक्रबार संयुक्त अनुगमन गरिएको छ । डुडुवा गाउँपालिका, केयर नेपाल र निड्स नेपालको सयुक्त अनुगमन डुडुवा गाउँपालिकाको वडा नं.४ र ५ मा अनुगमन गरिएको हो ।
जैविक विविधता संरक्षण र वनवातावरण संरक्षणका माध्यमले जलवायु अनुकुलन कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ सयुक्त रुपमा अनुगमन गरिएको केयर नेपालका कार्यक्रम अधिकृत केशव मलासीले बताए । डुडुवा गाउँपालिमा रहेको निर्माणधिन संरक्षण पोखरी, लडियाघाट जैविक तटबन्ध अवलोकन तथा आवश्यक उचो धारा निर्माण, लिवागी स्थित नदि कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माणका लागि सयुक्त अनुगमन गरिएको थियो ।
सयुक्त अनुगमन कार्यक्रममा डुडुवा गाउँपालिकाका प्रमुख
नरेन्द्र चौधरीले विकास निर्माणका कार्य एक्लो प्रयासले केही हुन नसक्ने भन्दै विकास निर्माणका लागि सहकार्य अनिवार्य रहेको प्रमुख चौधरीले बताए ।
जैविक विविधता संरक्षण र वातावरण संरक्षणका माध्यमले जलवायु अनुकुलन कार्यमा सहयोग पु¥याउने उद्देश्यले युएसएआइडीको आर्थिक सहयोग र डब्लुडब्लु र केयर नेपालको साझेदारीमा ताल क्षेत्रमा हरियो वन कार्यक्रम अन्तरगत दोश्रो चरणको लापा अभिमुखिकरण कार्यक्रम स्थानीय तहका पदाधिकारी, जनप्रतिनिधि, सरोकारवाला निकाय पत्रकारहरु विच सयुक्त अनुगमन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २ गते शनिबार