नेपालगन्ज ।
नेपालगन्जमा दुईवटा पसलले खसीको भनेर बाख्राको मासु बिक्री गर्दै गरेको फेला परेको छ । उपमहानगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको संयुक्त अनुगमन टोलीले गरको अनुगमनका क्रममा सो बदमासी फेला परेको हो ।
सो क्रममा नेपालगन्ज–१६ रामबाघस्थित फहिम फ्रेस हाउसबाट पाँच केजी, कलिम अहमद मासु पसलबाट सात केजी बिक्री गर्दै गरेको बाख्राको मासु पनि बरामद गरेको छ भने तीनवटा बाख्रा पनि बरामद गरेको छ ।
भेटेरिनरी निरीक्षक डा. सुमन खनालको अगुवाइमा भएको अनुगमनले नेपालगन्ज १५ जमुनाह क्षेत्रमा पनि अनुगमन गरेको थियो । जमुनाहस्थित मोहम्बत सरिफ कुरेशीको पसलबाट दुई क्यारेट भारतीय सेतो अण्डा, नसीम माछा पसलबाट १५ केजी खान अयोग्य मङ्गुर माछा, शाहबुद्धिन कबडियाको पसलबाट आठ केजी खान अयोग्य माङ्गुर माछा बरामद गरिएको छ ।
अनुगमन टोलीले बरामद गरेका खान अयोग्य खसीको मासु, टाउको, खुट्टा, माछाहरू नष्ट पनि गरेको जानकारी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्