२४ जना छात्रालाई शैक्षिक सामग्री वितरण



बाँके ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ रहेको सरस्वती मावि अध्यनरत कक्षा ६ देखि १० सम्मका छात्रालाई रेष्टको सहयोगमा स्वास्थ्य तथा शिक्षा विकास केन्द्रले शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २४ जना छात्रालाई प्रतिछात्रा ३५ वटा, कलम, पेन्सिल, कटर, स्वीटर, पोशाक खर्च बापत १६ सय उपलब्ध गराएको हो ।

शैक्षिक सामग्री वितरण गर्दै कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले आर्थिक रूपमा कमजोर भएका विद्यार्थीलाई रेष्टले गरेको सहयोगले विद्यार्थीको अपेक्षित सिकाइ उपलब्धि हासिल हुने बताएका छन् । साथै उनले विद्यार्थीलाई प्रदान गरिएको शैक्षिक सामग्रीको सही उपयोग हुने भन्दै विद्यालय पोशाक खरिद गर्न नसक्ने विद्यार्थीलाई वडा कार्यालयले पोशाक उपलब्ध गराउने बताएका छन् ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक बिशाखर जैसीले रेष्टले विगतदेखि सहयोग गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि आर्थिकरूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा शिक्षा विकास केन्द्रका कार्यक्रम व्यवस्थापक गणेशप्रसाद भट्टराईले रेष्टले उपलब्ध गराएको शैक्षिक सामग्री वितरणले पैसा नभएर नै विद्यालय आउन नसक्ने विद्यार्थीलाई विद्यालय आउन सहयोग पुगेको बताएका छन् ।

उनले शिक्षाको माध्यमबाट बालविवाह रोकथाम, घरेलु हिंसाको न्यूनीकरण गर्न, लैंगिक हिंसा अन्त्य गर्नमा सहयोग पु¥याएको उनले बताए । विद्यालयका शिक्षक दमनबहादुर शाहीले रेष्टको सहयोगले विद्यार्थीलाई विद्यालयमा अध्ययन गर्न आउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार