बाँके ।
बाँकेको कोहलपुर नगरपालिका–८ मा रहेको सरस्वती माध्यमिक विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । शैक्षिक सत्र २०८२ को लागि विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको हो । प्रारम्भिक बाल कक्षादेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले जानकारी दिए ।
उनले विद्यालयको नीति र नियमभित्र रहेर शिक्षण कार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्दै नयाँ विद्यार्थीहरूलाई मनोवैज्ञानिक रूपमा कुनै असर नपर्ने गरी बसाई व्यवस्थापन, शिक्षण सिकाइ क्रियाकलाप र मूल्यांकन जस्ता पक्षमा विशेष ख्याल गर्न सुझावसमेत दिए ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक बिशाखर जैसीले विद्यार्थीको रोजाइ पछिल्लो समय सरस्वती बन्दै गएको बताउँदै विद्यार्थीहरूलाई अनुशासित भएर विद्यालयको नियम आत्मसात गर्न आग्रह गरे । विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरूको भावनात्मक एकताका लागि आवश्यक सहजीकरण विद्यालयले गर्ने विद्यालयका सहायक प्रधानाध्यापक बेगबहादुर थापाले बताएका छन् ।
अभिभावकसँग अन्तक्र्रिया
विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरूका अभिभावकसँग अन्तक्र्रिया गरिएको छ । सो अन्तक्र्रियामा बोल्दै अध्यक्ष रानाले विद्यार्थीहरूको भविष्यसँग अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउँदै आफ्ना बालबालिकाले कस्तो साथी बनाइरहेको छ । सोेको जानकारी अभिभावकले लिनुपर्ने बताए ।
अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा नियमित रूपमा पठाएर सहयोग गरिदिन आग्रह समेत गरेका छन् । सो अवसरमा विद्यालयका प्रधानाध्यापक बिशाखर जैसीले विद्यालयको वर्तमान भौतिक, शैक्षिक अवस्था र विद्यार्थीहरूले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी गराएका थिए ।
उनले इमिसबाट मात्र विद्यार्थीहरूको भर्ना गर्न सकिने भएकाले इमिससम्बन्धी अभिभावकहरूलाई जानकारी गराउँदै विद्यालयमा समयसमयमा आएर आवश्यक सल्लाह, सुझाव दिन अभिभावकलाई अनुरोधसमेत गरे ।









प्रतिक्रिया दिनुहोस्