होलियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



नेपालगञ्ज, ०१ मंसिर/   नेपाल रेडक्रस सोसाइटी र संघीय गणतन्त्र जर्मनीको नेपाल स्थित राजदुतावासको संयुक्तआयोजनामा १ दिने स्वास्थ्यशिविर डुडुवा गाउँपालिका–१ होलियामा सम्पन्न भएको छ ।
शिविरको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य समिति संयोजक राकेश बहादुर श्रीवास्तावले यो चौफेरी गाउँमा बाढी पछि कुनै पनि निकायले स्वास्थ्य शिविर संचालन नगरेकोले रेडक्रसबाट निःशुल्क कान, आँखा र जनरल स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको बताए ।

डुडुवा पारी र राप्ती नदीवारी बीच टापुमा पर्ने होलियाको चौफेरी गाउँमा बाटोको पहुँच काकारण यहाँका समुदाय स्वास्थ्य सेवा शुलभ तारिकाबाट प्राप्त गर्न नसकेको पीडा शिविरमा आएका विरामीहरुले सुनाएका थिए ।

डुडुवा गाउँपालिका १ नं. वडा होलियाको ने.रा.प्रा.वि. चौफेरीमा आयोजित शिविरमा भेरी अञ्चल अस्पातलका डा.संदीप खड्का, फत्तेवाल आँखा अस्पताल, सामुदायिक व्रिनोज उपचार केन्द्र, स्वास्थ्यचौकी होलियाका प्राविधिकहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण तथा शिविरमा उपचार हुन नसकेका विरामीलाई थप उपचारका लागि सम्बन्धि स्वास्थ्य संस्थामा रिफर गरिएको छ ।

उक्त शिविरमा ३ सय ५जना विरामीहरुले सेवा प्राप्त गरेकाथिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १ गते शुक्रबार