कोहलपुर ।
कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर–१ मा प्रजनन स्वास्थ्य रुग्णतासम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीको प्रमुख आतिथ्यतामा आइतबार शिविर सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै उपप्रमुख सुवेदीले महिलाहरूका लागि कार्यक्रम अति उपयोगी रहेको बताइन् । उनले पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसूति, फिस्टुला र बाँझोपन लगायतका समस्या समयमै चेकजाँच गराएर उपचार गर्नुपर्नेमा जोड दिइन् ।
कतिपय महिलाहरू अहिले पनि भन्न लाज मानेर रोग लुकाएर बस्ने गरेको समेत उनले बताइन् । उनले शिविरमा एकीकृत रूपमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसूति, फिस्टुला, पेल्भिकअर्गेन प्रोलैप्स र बाँझोपनको निःशुल्क परिक्षण गरिने जानकारी दिइन् ।
शिविरमा १ सय ५९ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए । कार्यक्रममा कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष बद्रीप्रसाद जैसी, कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्मा लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्