सीजीको राष्ट्रव्यापी निःशुल्क एसी सेवा शिविर घोषणा



काठमाडौँ ।

उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी नाम सीजी ब्रान्ड्सले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारका लागि एक महत्वपूर्ण घोषणा गरेको छ । कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना सबै आधिकारिक सेवा केन्द्रहरूबाट फागुन २० गतेदेखि सीमित समयका लागि निःशुल्क एसी सेवा शिविर सञ्चालन सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूले आफ्ना कुनै पनि ब्रान्ड्को एसीको निःशुल्क सर्भिसिङ गर्न सक्ने छन् ।

कम्पनीका अनुसार ग्राहकहरूले निःशुल्क एयरफिल्टर प्रति स्थापन र आफ्नो एसीको उत्कृष्ट कार्यक्षमताको लागि प्राविधिक विज्ञको सल्लाह पाउन सक्ने छन् । यसका अतिरिक्त स्पेयर पाट्र्समा ५० प्रतिशतसम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्याङ्कन हुनेछ । सीजीका विज्ञ प्राविधिकहरूले सेवा शिविरहरू सञ्चालन गर्नेछन्, उच्च गुणस्तरको सेवा र व्यावसायिकताको सुनिश्चितता गर्दै । कम्पनीका कर्मचारीहरूले नयाँ एसीको खरीदमा वा पुराना एसीहरूको साट्नमा ग्राहकलाई सहयोग गर्ने कम्पनीले जनएको छ ।

कम्पनीद्वारा दिइएको जानकारी अनुसार शिविरमा सहभागीहरूले नयाँ एसी यन्त्र खरिदमा २० प्रतिशतसम्म छुट, रु ४००० को निःशुल्क जडान र एक्सचेन्जमा रु ३००० को दुई निःशुल्क सेवा कुपनको फाइदा उठाउन सक्ने छन् । कम्पनीले सीजी ब्रान्ड उत्कृष्ट बिक्री पछिका सेवाहरू र छिटो प्रतिक्रिया समयको लागि परिचित रहेको तथा यो पहलले ग्राहक सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार