रूकुमपश्चिम ।
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङखण्ड अवरुद्ध भएको हो । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रूकुम खण्ड अवरुद्ध भएको छ । निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको स्थानीयले बताएका छन् ।
निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुुसार निरन्तर हिमपात भइरहेकोले सवारी आउजाउमा सकस परेको छ । हिमपातले सडक अवरुद्ध हुँदा पूर्वी रूकुम, पश्चिमरूकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएका छन् ।
हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनुपर्ने अवस्था आएको छ । हिमपातले शुुक्रबार लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प बनेका थिए । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेग हँुुदै आउने यो सडकमा बाक्लो हिमपात भएको छ । साथै हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले बताए ।









प्रतिक्रिया दिनुहोस्