नेपालगन्ज ।
विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका चार जना व्यक्तित्वलाई नेपालगन्जमा सम्मान गरिएको छ । विश्व साहित्य महासंघ लुम्बिनी प्रदेशले बुधबार एक समारोहको आयोजना गरी बधाई तथा सम्मान प्रदान गरेको हो ।
विश्व साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलको अध्यक्षता एवम् पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा वेदराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हालै मात्र विद्यावारिधि उपाधि हासिल गरेका हरिप्रसाद तिमिल्सिना, जगत खत्री, कविन्द्र भट्टराई र राजकुमार थारुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राडा केसीले विद्यावारिधि हासिल गरेका सम्मानित व्यक्तिलाई बधाई ज्ञापन गर्दै ज्ञानको नयाँ आयामलाई अब समाज परिवर्तनमा उपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकाल, प्राज्ञ सनत रेग्मी, सम्मानित व्यक्तित्वहरुहरुले पनि बोलेका थिए । शैक्षिक, साहित्यिक र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्