उद्योग संघको अध्यक्षमा रेग्मी



बाँके ।

नेपाल उद्योग संघको तेस्रो वार्षिक साधरणसभाले खोमकान्त रोग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघको शनिबार काठमाडौँमा भएको साधारणसभाले रेग्मीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा ईश्वरबहादुर गुरूङ, देवेन्द्र चौलागाई, प्रेमबहादुर बस्नेत, दुर्गा गौतम, शोभाकान्त बस्याल, महासचिव राजकुमार बन्जरा, उपमहासचिव माधव रेग्मी, कमल पोखरेल, कोषाध्यक्ष ध्रुव तिवारी, सचिव डोलप्रसाद अधिकारी, सरस्वती राई र अनिल आचार्य निर्विरोध निर्वाचित हुनु भएका छन् । कार्यसमिति सदस्यहरूमा दिलकुमार श्रेष्ठ, बलराम मैनाली, सन्तोषी श्रेष्ठ, अजित बजगाई, पदमकुमार कार्की, बसुना कार्की, गौरव पौडेल र दुर्गा पुरी चयन भएका छन् ।

कार्यसमितिले आगामी २ वर्ष नेपाल उद्योग संघको नेतृत्व गर्नेछ । संघको यसअघिको कार्यसमितिको अध्यक्ष सुनिल श्रेष्ठ रहेका थिए । नवनिर्वाचन अध्यक्ष रेग्मी यस अगाडि मुद्रण महासंघको केन्द्रीय अध्यक्ष भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार