सकियो ब्रिजको फाउन्डर कप तथा अभिभावक दिवस



फाउन्डर कप तथा अभिभावक दिवसको अवसरमा कुर्सी दौड, भलिबल र बेलुन ब्रस्ट खेल प्रतियोगितामा अभिभावकहरूले सहभागिता जनाएका थिए । विद्यार्थीहरूले सांस्कृतिक नृत्य, मार्चपास र विज्ञान प्रर्दशनी समेत गरेका थिए । कार्यक्रममा यसअघि सम्पन्न विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर उत्कृष्ट बनेका हाउसवाइज विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदानसमेत गरिएको थियो ।
कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–५ स्थित रहेको ब्रिज इन्टरनेशनल स्कुलले चौथो फाउन्डर कप तथा अभिभावक दिवस मनाएको छ । शनिबार स्कुलले एक कार्यक्रमको आयोजना गरेर चौथो फाउन्डर कप तथा अभिभावक दिवस मनाएको हो । कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरीप्रसाद विश्वकर्माले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले ब्रिज इन्टरनेशनल स्कुलले गुणस्तरीय शिक्षा प्रदान गुर्नका साथै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको बताए ।

विद्यार्थीहरूका सिर्जनात्मक क्रियाकलापले विद्यालयको थप शैक्षिक गतिविधिका बारे स्पष्ट पारेको उनको भनाइ थियो । पठनपाठन मात्रै नभई बालबालिकाहरूको चौतर्फी विकासका लागि विद्यालयले गरेका कामहरू निकै सराहनीय रहेको उनले बताए । संस्थापकहरूले २०७७ सालदेखि फाउन्डर कप मनाउन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार पौडेलले बताए । हरेक वर्ष विद्यालयले फाउन्डर कप विविध कार्यक्रम गरेर मनाउँदै आएको उनले जानकारी दिए ।

उनका अनुसार विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै व्यवहारिक शिक्षामा पनि जोड दिएको बताए । अभिभावक दिवसमा अभिभावकहरूले एक दिनलाई भएपनि आफ्ना बालबालिकाहरूका लागि समय छुट्याएर कार्यक्रममा सक्रिय उपस्थित जनाएकाले काम गर्न थप हौसला प्रदान गरेको उनको भनाइ थियो ।

ब्रिज इन्टरनेशनल स्कुलका प्रिन्सिपल प्रविणकुमार खङ्गका अनुसार विद्यार्थीहरूलाई शिक्षा आर्जनमा मात्रै सीमित नराखेर अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बनाउने उद्देश्यले फाउन्डर कप सुरु भएको बताए । अभिभावकले आफ्ना बालबालिकाहरूले गरेका सिर्जनात्मक क्रियाकलाप हेरेर विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्न समेत उनले आग्रह गरे ।

सो अवसरमा कुर्सी दौड, भलिबल र बेलुन ब्रस्ट खेल प्रतियोगितामा अभिभावकहरूले सहभागिता जनाएका थिए । विद्यार्थीहरूले सांस्कृतिक नृत्य, मार्चपास र विज्ञान प्रर्दशनी समेत गरेका थिए । कार्यक्रममा यसअघि सम्पन्न विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर उत्कृष्ट बनेका हाउसवाइज विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदानसमेत गरिएको थियो ।

यसअघि सम्पन्न विभिन्न खेल विधामा फुटबलतर्फ प्रथम माछापुच्छे« हाउस, फुटसलतर्फ अन्नपूर्ण हाउस, भलिबलतर्फ कञ्चनजंगा हाउस र मार्चपासमा अन्नपूर्ण हाउस विजेता बनेका थिए । उत्कृष्ट बनेका विजेताहरूलाई ट्रफी, मेडल र प्रमाण प्रदान गरिएको शिक्षक चन्द्रप्रसाद पंगालीले जानकारी दिए ।

आन्तरिक तथा वाह्य खेलका आधारमा मूल्यांकनमा परी माछापुच्छे« हाउसले २०८१ को च्याम्पियन बन्दै ट्रफी प्राप्त गरेको उनले बताए । फुटसलमा बेष्ट प्लेयर विनोद विसी, फुटबलमा बेष्ट प्लेयर नीरजबम ठकुरी र भलिबलतर्फ बेष्ट प्लेयर जेनिश रोकाया भएको स्कुलले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार