हाफ म्याराथनमा करण र कल्पना प्रथम



सुर्खेत ।

२१ किलोमिटर हाफ म्याराथनमा पुरुषतर्फ करण रावल र महिलातर्फ कल्पना बुढा प्रथम भएका छन् । नेपाली सेनाको २६२औँ सेना दिवसको अवसरमा उत्तरपश्चिम पृतना निमारे व्यारेकले आयोजना गरेको युनिटी रन अन्तर्गत हाफ म्याराथनमा करण र कल्पना प्रथम भएका हुन् ।

हाफ म्याराथनमा पुरुषतर्फ द्वितीय भानु मानन्धर र तृतीय थीरबहादुर बुढा भएका छन् । भने महिलातर्फ द्वितीय राज्यलक्ष्मी रावल र तृतीय सन्दीपा बुढा भएकी छिन् । यस्तै १० किलोमिटर दौडमा पुरुषतर्फ प्रथम युवकराज बुढा, द्वितीय बुद्धराम तामाङ र तृतीय मुकेश शाही भएका छन् भने महिलातर्फ प्रथम समिता बुढा, द्वितीय मिनु बुढा र तृतीय संगीता बुढा भएकी छन् ।

यस्तै विद्यार्थीका लागि सञ्चालन भएको ५ किमी दौडमा छात्रतर्फ प्रथम सम्राट शाह, द्वितीय किदम सापकोटा र तृतीय प्रज्ज्वल रावत भएका छन् । भने छात्रातर्फ प्रथम सृष्टि खत्री, द्वितीय अनु अधिकारी र तृतीय दिलमाया थापा भएकी छिन् ।
विजेताहरूलाई कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाको उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी अनुपजंग थापा, सहायक रथी दिनेश रजौरे, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र ऊर्जा तथा जलस्रोतमन्त्री बिजया बुढाले नगद रकम सहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार