बाँके ।
नेपालगन्जमा बुधबार भएको पूर्व खेलाडी समाज बाँकेको प्रथम साधारणसभा तथा अधिवेशनले प्रकाशबहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दिकी, उपाध्यक्षमा शान्ति सिंह क्षेत्री, महासचिवमा जयन्तकुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभयकुमार बस्नेत र कोषाध्यक्षमा वीरेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा गोविन्दप्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोजकुमार श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, आशा विष्ट र पार्वती थापाक्षेत्री निर्वाचित भएको निर्वाचन समिति प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिए ।
साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्रबहादुर हमालले उद्घाटन गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरेका थिए । उक्त अवसरमा नेपालगन्ज म्याराथनका संस्थापक एवम् क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी, वडा अध्यक्ष मनोजकुमार श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्