कागजी नोटको रोचक यात्रा



विज्ञान प्रविधिको विस्तार र वृद्धिसँगै, कागजी नोटहरूको भविष्य अनिश्चित हुँदै गएको छ । डिजिटल भुक्तानी प्रणाली र अन्य नयाँ मुद्राहरूको उदयले कागजी नोटहरूको आवश्यकता र महत्वलाई संकटमा उभ्याइदिएको छ । उस्तै कागजी नोट कतै अत्यन्तै मूल्यवान र कतै मूल्यहीन हुन्छन् । इराकी दिनार एक समय विश्वकै सबैभन्दा मूल्यवान मुद्र्रा मानिन्थ्यो । इराक युद्धमा फसेपछि उसको मुद्रामा भारी गिरावट आयो । संसारमा सबैभन्दा प्रचलित मुद्रा अमेरिकी डलर हो । मुद्राको मूल्यमा परिवर्तन आउनुमा आर्थिक, राजनीतिक, सामाजिक जे पनि कारण हुन सक्छ । अमेरिकाले अत्यधिक मात्रामा डलर छाप्छ र यसको प्रचलन विश्वव्यापी छ । सबैभन्दा कम मुद्रा छाप्ने देश कुवेत हो ।


सागर गैरे ।

एक पटक कल्पना गर्नुस् त, एउटा कागजको सामान्य टुक्रा कसरी मुद्रामा रूपान्तरण भयो होला ! कसरी विनिमयको माध्यम बन्यो होला । कागजको वास्तविक मूल्यलाई छिचोलेर एउटा कागजले कसरी प्राप्त ग¥यो उपयोग मूल्य ! वस्तु तथा सेवा विनिमय गर्ने मूल्यको अवधारणा कसरी निर्माण भयो होला ! कसरी त्यसले हरेक मानिसको विश्वास जित्यो होला ! यो आफैँमा एउटा जटिल गणितीय समीकरण र अवधारणा हो । तर आउनुस्, सबैभन्दा पहिले हामी कागजी नोटले तय गरेको विश्वल्यापी र रोमाञ्चक यात्राको बारेमा केही कुराकानी गरौँ ।

कागजी नोट मानव सभ्यताको विकासक्रममा एउटा महत्वपूर्ण आविष्कार थियो, जसरी आगो, धातु, पांग्र्राको आविष्कारले मानव विकासलाई अर्काे चरणमा पु¥यायो । यसैगरी नोट अर्थात पैसाले पनि व्यापार, वाणिज्य र आर्थिक क्रियाकलापलाई सहज बनाएको छ । कागजी नोट एकैपटक प्रचलनमा आएको होइन । यसका पछाडि लामो यात्रा छ । कागजी नोटको सुरुवात हुनुभन्दा पहिले व्यापार र लेन–देनको ऐतिहासिक विकास निकै रोचक छ । विशिष्ट प्रकारका ढुंगाका टुक्राहरू (च्बष् क्तयलभक), जनावरका दाँत, पन्छीका प्वाँखदेखि काठका टोकन र कौडाहरू हुँदै धातुका सिक्काहरू प्रयोग भए । तर कारोबार गर्दै जाँदा सिक्काको प्रयोगमा समस्या देखियो । सिक्काहरू भारी र असुविधाजनक हुन्थे, विशेषगरी ठूलो मूल्यको व्यापार गर्दा । यसका साथै, सिक्का बनाउनका लागि खनिज र धातुको खपत पनि महँगो र सीमित थियो ।

केही मानिसहरू कसरी मुद्रालाई सहज स्वरूपमा लैजान सकिन्छ भनेर खोजबिनमै थिए । विकल्पको खोज गर्दै जाँदा मानिसले कागजको नोट बनाए ।

कागजी नोटको उत्पत्ति र ऐतिहासिक विकास

कागजी नोटहरूको सुरुवात ७औँं र ९औँँ शताब्दीमा ताङ राजवंशको पालामा चीनमा भएको मानिन्छ । त्यतिबेला सबैतिर धातुका पैसा प्रचलनमा थिए । निश्चित परिमाणका धातु मुद्राको सट्टा शासकले एउटा रसिद दिन्थे । त्यो रसिद व्यापारमा वैध मानिन्थ्यो । व्यापारीहरू त्यस प्रमाणपत्रलाई फेइक्वान (उड्ने पैसा) भन्थे । दशौँ शताब्दीमा सोङ राजवंशले आधिकारिक रूपमा विश्वको पहिलो कागजी मुद्रा जारी ग¥यो । व्यापारमा सहजता र राज्यको नियन्त्रण एकसाथ महसुस भयो ।

चीनका सम्राटहरू व्यापार र लेनदेनलाई सजिलो बनाउन कागजमा मुद्रित नोटहरू प्रयोग गर्न थाले । यो प्रारम्भिक कागजी नोट अझै धेरै सीमित क्षेत्र र सरकारसम्म मात्र सीमित थियो । कागजी नोटको उत्पत्ति र यसको विश्वव्यापी प्रचलनले लामो र रोचक इतिहास र यात्रा गरेको छ ।

कागजी नोटको विश्वव्यापी प्रचलन

१३औँँ शताब्दीसम्म चीनमा कागजी मुद्रा निकै मजबुत भइसकेको थियो । इटालीबाट चीन आएका मार्काेपोलोजस्ता युरोपेली व्यापारीले चीनको कागजी नोटका कथा युरोप पु¥याए । १६औँँ शताब्दीमा युरोपमा पनि कागजी नोटहरूको प्रचलन फैलिएको थियो, जहाँ यसले एक आर्थिक प्रणालीको रूपमा बल पाएको थियो । सन् १६७२ मा स्वीडेनले पहिलो पटक बैंक नोट जारी गरेको थियो र त्यसपछि धेरै राष्ट्रहरूले यसलाई अपनाए । अमेरिकाले १८औँँ शाताब्दीमा यसलाई अँगाल्यो । चीनमा नोटको सुरुवात भयो । चीनबाट सिल्करोड हुँदै नोटहरू मध्यएसिया, मध्यपूर्व एसिया हुँदै युरोप पुग्यो । चीनमा यसको विकास चाँडै भए पनि युरोपले यसलाई ग्रहण गर्न केही ढिलाइ ग¥यो । युरोपमा १७औँँ शताब्दीदेखि नोटको प्रचलन सुरु भयो । त्यसपछि विस्तारै यसले विश्वव्यापी बाटो समात्न पुग्यो ।

१८औँँ शताब्दीको मध्यसम्ममा कागजी नोटहरू विभिन्न देशहरूका आधिकारिक मुद्रा बन्न थाले । यसले व्यापार, बैंकिङ र सरकारी लेनदेनलाई सहज बनायो । वस्तु तथा सेवाको साटफेरमा चल्दै आएको व्यापार तथा वाणिज्यको परम्परामा नोटको विकास र यसको आधिकारिक स्वीकृतिले व्यापक परिवर्तन ग¥यो ।

कागजी नोटको प्रचलन युरोप, एसिया र अन्य क्षेत्रमा फैलियो र यसले आर्थिक क्रियाकलापलाई व्यापक गति दिन थाल्यो । १९औँँ शताब्दीमा सुनको मानक (गोल्ड स्ट्यान्डर्ड)ले कागजी मुद्रालाई विश्वास योग्य बनाउन मद्दत पुग्यो । विश्वले कागज वा अन्य सामग्रीबाट बनेको एक प्रकारको आधिकारिक भुक्तानी साधनको रूपमा नोटलाई मुद्राको रूपमा स्वीकार ग¥यो । सामान्यतया कुनै पनि देशको नोट त्यहाँको सरकारले जारी गर्छ र यसले विशेष मूल्यको प्रतिनिधित्व गर्दछ । नोट मुद्रा कुनै पनि देशका लागि एक कानुनी भुक्तानीको साधन हो ।

प्रत्येक देशको आफ्नो मुद्रा नोट हुन्छ र यसको साँचो मूल्य त्यस देशको सरकारद्वारा ग्यारेन्टी गरिएको हुन्छ । नोट मुद्रा प्रायः व्यापार, वित्तीय कारोबार र अन्य दैनिक कार्यहरूमा प्रयोग हुन्छ र यसको प्रयोग विश्वभर हुन्छ र यो भुक्तानीको सबैभन्दा लोकप्रिय तरिका हो ।

विश्वभर कागजी नोटहरूको प्रचलन छ । व्यापार, बैंकिङ र सरकारी लेनदेनका लागि कागजी नोट एक अत्यन्तै सुविधाजनक साधन ठानिएको छ । १८औँँ शताब्दीको मध्यदेखि नै कागजी नोटहरू विभिन्न देशहरूका आधिकारिक मुद्रा बन्न थाले । कालान्तरमा कागजी नोटको प्रचलन विश्वभर फैलियो । कागजी नोटले व्यापार, वाणिज्य र दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालमा कागजी नोटको प्रचलन

नेपालमा विक्रम संवत् २००२ साल असोज १ गते ईस्वी संवत् १९४५ मा पहिलोपटक श्री ३ जुद्वशमशेरको पालामा कागजी नोटको प्रचलन सुरु भएको थियो । त्यसघि नेपालमा धातुका सिक्का चलन चल्तीमा थिए । नेपालमा मुद्राको प्रचलन लिच्छवीकालीन राजा मानदेवले चलाएका थिए । उनले चलाएको मुद्रालाई मानांक भनिन्थ्यो । नेपालमा सबैभन्दा पहिले ५ र १० का कागजी नोट छापिएका थिए । तत्कालीन जुद्व सरकारले ब्रिटिस सरकारलाई कागजी नोट छापिदिन आग्रह गरेको थियो र ती नोटहरू भारतमा छापिएका थिए । ५, १० र १०० दरका नोटमा सदर मुलुकी खानाबाट भुक्तानी दिइनेछ भनेर लेखिएको थियो । खजाञ्चीको रूपमा नरेन्द्रराजको हस्ताक्षर थियो । त्यतिबेला ५ का २ लाख, १० का १ लाख र सयका ५ हजार प्रति नोट छापिएका थिए ।

नेपालमा नयाँ नोट र दक्षिणा दसैँ संस्कृतिसँग जोडिएको छ । राष्ट्र बैँकले हरेक दसैँमा नयाँ नोट साट्ने गरेको छ । नेपाल राष्ट्र बैंकको स्थापनापछि गभर्नरको हस्ताक्षर छापिन थालेको हो । नेपालमा २०२६ सालमा १ हजार दरका नोट प्रचलनमा आएका हुन् । त्यस्तै, २०२८ मा ५ सयका, २०३९ मा २० का, २०३४ मा ५० का, २०३८ मा २ का र २०५२ मा २५ र २५० दरका नोट छापिएका थिए । एक रूपैयाँ दरको नोट भने २००९ सालदेखि चलनचल्तीमा आएको हो ।

नक्कली नोटको समस्या र यसको समाधान

कागजी नोट प्रचलनमा आएपछि नक्कली नोटको समस्या प्रारम्भदेखि नै देखियो । कागजी नोटको प्रतिलिपि बनाउन सजिलो भए पनि यसको समुचित नियन्त्रण र सुरक्षा चुनौतीपूर्ण बन्न गयो । १८औँँ शताब्दीतिर धेरै देशहरूमा नक्कली नोटहरूको समस्या बढ्यो, जसले मुद्राको विश्वसनीयता माथि प्रश्न उठायो । यस समस्यालाई समाधान गर्न विभिन्न उपाय अपनाइए । नोटमा पानी चिह्न, गहिरो मुद्रण र विशेष प्रकारका धागाहरू जस्ता सुरक्षा सुविधाहरू थपिए । आधुनिक समयमा, बायोमेट्रिक र डिजिटल प्रणालीहरू पनि लागू गरिएको छ, जसले नक्कली नोट बनाउने प्रक्रियालाई अझै कठिन बनाएको छ ।

यद्यपि नक्कली नोटहरू अर्थतन्त्रका लागि जहिल्यै चुनौतीका रूपमा देखिइरहेको छ । नक्कली नोटको समस्याबाट बच्नका लागि विभिन्न सुरक्षा उपायहरू लागू गरिए पनि, भविष्यमा कागजी नोटहरूको स्थान लिन डिजिटल प्रणालीहरू अझ प्रभावकारी ढंगले अग्रसर हुने देखिएको छ ।

नोटको मूल्य : कुनै मूल्यवान, कुनै कौडीको मोल

विश्व मुद्रा कोषले विश्वभरको मुद्राको कारोबारलाई निगरानी गरिरहेको हुन्छ । हरेक मुद्राको क्रयशक्तिलाई मापन गरिरहेको हुन्छ । हरेक देशको मुद्रासञ्चिती वित्तीय स्थिरता नियालिरहेको हुन्छ । उस्तै कागजी नोट कतै अत्यन्तै मूल्यवान र कतै मूल्यहीन हुन्छन् । इराकी दिनार एक समय विश्वकै सबैभन्दा मूल्यवान मुद्रा मानिन्थ्यो । इराकले कुवेतमा आक्रमण गरेपछि इराक युद्वमा फस्यो र उसको मुद्रामा भारी गिरावट आयो । युद्ध अघिसम्म इराकी मुद्रा शक्तिशाली थियो । जब इराकमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्यो त्यसपछि इराकको मुद्रा रद्दी कागजसरह भयो । मुद्राको मूल्य निरन्तर परिवर्तन भइरहन्छ । परिवर्तनको कारण आर्थिक, राजनीतिक, सामाजिक जे पनि हुन सक्छ । भारतले आफ्नै देशका ५ सय र १ हजार दरका नोटमाथि प्रतिबन्ध लगायो । नेपालमा भएका अर्बौँ भारु कामै नलाग्ने भए ।

संसारमा सबैभन्दा प्रचलित मुद्रा अमेरिकी डलर हो । अमेरिकाले अत्यधिक मात्रामा डलर छाप्छ र यसको प्रचलन विश्वव्यापी छ । सबैभन्दा कम मुद्रा छाप्ने देश चाहिँ कुवेत हो । कुवेती दिनार सबैभन्दा कम छापिन्छ तर विश्वकै सबैभन्दा महँगो मुद्रा कुवेतकै दिनार हो । मूल्यको हिसाबले सबैभन्दा सस्तो मुद्रा इरानी रियाल हो ।

युद्ध राजनीतिक अशान्ति प्राकृतिक प्रकोप जस्ता कारणले कुनै पनि देशको अर्थतन्त्र कमजोर हुँदा त्यो देशको मुद्राको मूल्यमा भारी गिरावट आउँछ । मूल्य वृद्धि उच्च दरमा बढ्दा त्यस देशको क्रयशक्ति कमजोर हुन्छ र मुद्राको क्रय क्षमता कमजोर हुन्छ । व्यापार घाटाले पनि मुद्राको मूल्यमा गिरावट आउँछ । कुनै देशको अर्थतन्त्र जब अस्थिर हुन्छ त्यहाँ वैदेशिक लगानी अनिश्चित हुन्छ । कुनै पनि मुद्राको मूल्य स्थायी हुँदैन । जुनसुकै मुद्रामा समय–समयमा बदलाव आउन सक्छ ।

अमेरिकी डलरको मूल्य बढ्दा अन्य देशको मुद्राको मूल्य घटिरहेको हुन्छ । विश्वमा व्यापक मात्रामा प्रयोग हुने मुद्रा अमेरिकी डलर हो । विश्वका धेरै कारोबारहरू अमेरिकी डलरमा हुन्छन् । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएकाले पनि अमेरिकी डलरलाई विश्वभर विश्वासिलो मुद्रा मानिन्छ । विश्वभर पेट्रोलियमको कारोबार अमेरिकी डलरमा हुन्छ । देशहरूले आफ्नो विदेशी मुद्राको सञ्चय अमेरिकी डलरमै गर्दछन् । त्यसैले विश्वभर अमेरिकी डलरको माग बढी छ ।

डिजिटल भुक्तानी प्रणाली र खतरामा कागजी नोट

२१औँँ शताब्दीको डिजिटल क्रान्तिले कागजी मुद्राको प्रयोगमा ठूलो प्रहार गरेको छ । मोबाइल बैंकिङ, ई–वालेट जस्ता सेवाहरूले नगदरहित लेनदेनलाई बढावा दिएका छन् । क्रिप्टोकरेन्सी, बिटक्वाइन, इथेरियमजस्ता डिजिटल मुद्राहरूले पारम्परिक मुद्राको अवधारणालाई नै चुनौती दिएका छन् ।

आजको डिजिटल युगमा, डिजिटल भुक्तानी प्रणालीहरूले कागजी नोटहरूको अस्तित्वलाई चुनौती दिइरहेका छन् । स्मार्टफोन र अनलाइन प्लेटफर्महरूको माध्यमबाट भुक्तानी सजिलो र छिटो भएको छ । डिजिटल मुद्राको प्रयोगलाई समर्थन गर्दै विभिन्न राष्ट्रहरू कागजी नोटहरूको प्रयोग घटाउँदै छन् ।

कोभिड महामारीको समयमा डिजिटल भुक्तानीको प्रयोगमा सबैभन्दा बढी वृद्धि भएको थियो । एक त लकडाउन मानिसहरूको आवागमन प्रतिबन्धित थियो । अर्काेतिर कागजी नोटको लेनदेनले भाइरस सर्ने जोखिम थियो । जसले गर्दा मानिसहरूले घरमै बसीबसी डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदा कागजी नोटको प्रयोग कम हुँदै गयो । कोभिडपछि मानिसहरू डिजिटल पेमेन्टमै अभ्यस्त हुँदै गएका छन् ।

भविष्यमा कागजी नोटको अस्तित्व अझ संकुचित हुन सक्छ र सम्पूर्ण भुक्तानी प्रणाली तीव्ररूपमा डिजिटल प्रक्रियालाई जाने प्रबल सम्भावना छ । विज्ञान प्रविधिको विस्तार र वृद्धिसँगै, कागजी नोटहरूको भविष्य अनिश्चित हुँदै गएको छ । डिजिटल भुक्तानी प्रणाली र अन्य नयाँ मुद्राहरूको उदयले कागजी नोटहरूको आवश्यकता र महत्वलाई संकटमा उभ्याइदिएको छ । कागजी नोटको भविष्य भनेको डिजिटल मुद्रा र क्रिप्टोकरेन्सीहरूको बढ्दो प्रयोगसँग जोडिएको छ, जसको कारण कागजी नोटको प्रयोग सन्दर्भमा परिवर्तन आउन सक्छ । धेरै देशहरू अब डिजिटल भुक्तानी र कार्ड प्रविधिहरूको प्रयोगमा जोड दिन थालेका छन्, जसले कागजी नोटको प्रयोगलाई कम गर्न सक्छ ।

इन्टरनेट र स्मार्टफोनको तीव्र प्रयोगसँगै विश्वभर अनलाइन भुक्तानी प्रणाली फैलिँदो छ । क्रेडिट कार्ड, डेबिट कार्ड र मोबाइल वालेटले भुक्तानी प्रणालीलाई छिटो छरितो र सुरक्षित बनाइदिएको छ । डिजिटल भुक्तानी प्रणालीप्रतिको आकर्षण र कागजी नोटप्रतिको विकर्षणले यसको प्रयोगमा कमी आउन थालेको छ ।

विगतमा धातु मुद्राहरू बोक्न भण्डारण गर्न महँगो, खर्चिलो र झन्झटिलो भए जस्तै अहिले कागजी नोट छपाइ, भण्डारण र सुरक्षाका कारण यसप्रति विकर्षण बढ्न थालेको पाइन्छ । छापिएका नोट च्यातिने, किराले खाने, पानीले गल्ने, आगोले जलाउने डर हुन्छ । मुद्राको लेनदेनबाट रोग सङ्क्रमणको जोखिम पनि बढ्छ । यिनै विविध कारणले पनि कागजी नोटप्रति मानिसहरूको रुचि घटेको पाइन्छ ।

कागजी नोटले व्यापार र अर्थतन्त्रमा लामो समयसम्म सहजता ल्यायो । यसको प्रयोग धेरै वर्षसम्म प्रभावकारी रह्यो । तर, डिजिटल प्रविधिको विकास, सुरक्षा समस्याहरू, मुद्रास्फीति र पर्यावरणीय समस्याहरूका कारण कागजी नोट आजको समयमा समृद्ध र स्थिर भुक्तानी प्रणालीका रूपमा घट्दै गएको छ । यसको स्थान डिजिटल भुक्तानी र अन्य आधुनिक वित्तीय उपकरणहरूले लिन थालेका छन् ।

स्विडेन, चीन, दक्षिण कोरिया, जापान जस्ता देशहरूमा ८० प्रतिशतभन्दा बढी लेनदेन अहिले डिजिटल प्रणालीबाट हुन्छ । युवा पुस्ता डिजिटिल टेक्नोलोजीप्रति बढी नै रुझान राख्ने भएकाले पनि उनीहरू कमै मात्रामा नगद प्रयोग गर्दछन् ।
जे होस् कागजी नोटले आफ्नो ऐतिहासिक भूमिका निभाइसकेका छन् ।

कतै साझा, कतै एकल मुद्रा

युरोपका देशहरू जसले साझा मुद्राको रूपमा युरो प्रयोग गर्छन् त्यसलाई युरोजोन भनिन्छ । युरोलाई मुद्राको रूपमा स्विकार्ने देशको संख्या २० रहेको छ । सन् १९९९ देखि विद्युतीय र सन् २००२ देखि भौतिक रूपमा युरो प्रयोगमा आएको हो । विश्वमा अमेरिकी डलरपछि दोस्रो स्थानमा प्रचलित मुद्रा हो, युरो । युरोलाई विश्वभर एक मजबुत मुद्राको रूपमा स्विकारिएको छ ।

ब्रिक्स देशहरू, दक्षिण एसिया, दक्षिण पूर्वी एसियाली देशहरूमा पनि बेला–बेलामा साझा मुद्रा चलाउने विषय चर्चामा आइरहन्छन् । साझा मुद्राले मुद्रा विनिमयको झन्झट नहुँदा कारोबार सहज हुन्छ भनिन्छ । साझा मुद्राले कुनै पनि ठाउँको क्षेत्रीय तथा आर्थिक एकीकरण हुने लगानी प्रोत्साहित हुन्छ । साझा मुद्रा प्रचलनमा ल्याउन गाह्रो काम भए पनि असम्भव भने छैन ।

नोट संकलन : एक रहर

कतिपय व्यक्तिलाई विभिन्न देशका नोट संकलन गर्ने रहर हुन्छ । अझ पुराना मुद्रा संकलन र संग्रहण गरेर राख्ने गरेको पाइन्छ । पुराना नोट संकलन गर्ने सौखलाई नोट संग्र्रहण वा नोटाफिली भनिन्छ । यो शब्द ल्याटिन शब्द नोटा (मुद्रा) र ग्रिक शब्द फिलोस (प्रेम)बाट बनेको हो । नोटाफिलीले विशेष रूपमा कागजी मुद्रा संकलकलाई जनाउँछ । मानिसहरू पुराना दुर्लभ तथा ऐतिहासिक नोट संकलन गर्दछन् । उनीहरूलाई नोट कलेक्टरसमेत भनिन्छ । नोट संकलकहरूको पनि क्लब हुन्छ । तिनै क्लबमार्फत उनीहरू नोटको खरिद–बिक्री तथा प्रदर्शन पनि गर्दछन् ।

नोट संकलन केवल सौख मात्र होइन, यसलाई ज्ञान, कला र इतिहाससँग जोडिएको एक सार्थक गतिविधि पनि मान्न सकिन्छ । हरेक देशका मुद्राले त्यो देशको इतिहास, संस्कृति, प्रकृति र आर्थिक पहिचानको जानकारी दिन्छ । नोटमा ऐतिहास व्यक्ति, महत्वपूर्ण घटना, ऐतिहासिक स्थलको चित्रण गरिएको हुन्छ । त्यस्तै, सांस्कृतिक, धार्मिक चिह्न राष्ट्रिय जनावर, हिमाल, मठमन्दिर लिपि आदि समावेश हुन्छन् । प्रत्येक देशको मुद्राको नाम र कोड हुन्छ । हरेक देशले नोटमा विशेष सुरक्षा ब्यारियरहरू राखेका हुन्छन् । नोटमा त्यो देशका राष्ट्रिय प्रतीकहरू समावेश गरिएका हुन्छन् । कुनै पनि देशको नोटको अध्ययनबाट त्यो देशको बारेमा धेरै जानकारी थाहा पाउन सकिन्छ ।

धेरै पुराना नोटहरूले देशको इतिहास, राजनीतिक परिवर्तन, आर्थिक अवस्था र सांस्कृतिक विरासतलाई प्रतिनिधित्व गर्दछन् । नोटहरू कलात्मक हुन्छन् । देशको मौलिक विम्बहरू अंकित हुन्छन् । विश्वका अधिकांश देशले नोटमा आफ्नो देश निर्माणमा योगदान दिने व्यक्तिको मुखाकृति अंकित गरेको पाइन्छ । समय अन्तरालमा दुर्लभ नोटको मूल्य बढ्दा संकलकले महँगो मूल्यमा बेच्न सक्छ ।

बैँक नोट संकलन यो पंक्तिकारको पनि रुचि हो । मैले केही देशहरूको यात्राको मौका पाएको थिएँ, यात्रापछि आफूले घुमेका देशहरूको मुद्रासँगै थप देशहरूको मुद्रा संकलनतिर मेरो रुचि बढ्न थालेको छ । हरेक नोटका पछाडि कथा जोडिएको छ । कुनै पनि देशका नोटहरू त्यो भूगोलका पहिचान र गर्वका प्रतीक हुन् । नोट संकलन गर्ने रहरले आफूलाई विश्वभरका मुद्राहरू र तिनका पछाडिका कथाहरूसँग जोड्दै लगेको अनुभूति भएको छ ।

जब कुनै देशको नोट मेरो हातमा पर्छ म त्यसलाई ध्यानपूर्वक नियाल्ने गर्दछु । मुद्राहरूका फरक डिजाइन, फरक तस्बिर, फरक मूल्य, फरक लिपिले मलाई भित्रैदेखि छुन्छ । नोट संकलन मेरा लागि एउटा यात्रा पनि हो,जसले मलाई विश्वभरका फरक संस्कृति र इतिहासको रोमाञ्चक भ्रमण गराइरहेका हुन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २३ गते बुधबार