दुई दिनमा प्रतितोला साढे १८ हजार रूपैयाँले घट्यो सुनको भाउ



काठमाडौँ ।

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार छ सय गरी दुई दिनमा सुन प्रतितोला १८ हजार पाँच सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सरकारले सुनमा लाग्ने कर घटाएसँगै र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेकाले सुनको मूल्यमा गिरावट आएको हो। सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएकोमा १० प्रतिशत विन्दुले भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको थियो।

 

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ११ गते मंगलबार