लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु



कोहलपुर (बाँके) ।

३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने नाराका साथ अभियान सुरु भएको हो । नोभेम्बर २५ देखि सुरु हुने अभियान बाँकेमा समेत मनाइँदै छ । बाँके जिल्लामा आठ स्थानीय तह रहेका छन् ।

१६ दिनसम्म सञ्चालन हुने अभियानको पहिलो दिन सोमबार बाँकेका विभिन्न स्थानीय तहमा अभियान शुभारम्भ भएको छ । जिल्लाका खजुरा र राप्ती सोनारी र नेपालगन्ज उपमहानगरपालिकामा विभिन्न कार्यक्रम गरेर अभियान सुरु गरिएको हो ।

राप्ती सोनारी गाउँपालिकाले वडा नम्बर १ कुसुमबाट सुरुवात गरेको छ । अभियान अवधिभर विभिन्न वडामा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने गाउँपालिकाले जनाएको छ । महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दलामीले अभियानको क्रममा मानव बेचबिखन, लागूऔषध र दुव्र्यसनविरुद्ध जनचेनतामूलक कार्यक्रम गरिने जानकारी दिइन् । उनका अनुसार द्वन्द्वपीडित, मुक्त कमलरी, हिंसापीडित महिलाहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको छ ।

राप्ती सोनारीमा अभियानको समापन वडा नम्बर ९ हुनेछ । यस्तै खजुरा गाउँपालिकाले समेत अभियानको पहिलो दिन दिउँसो ¥याली गर्दै साँझ गाउँपालिका कार्यलयमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले अभियानका क्रममा वडा नम्बर १ देखि ८ सम्म जनचेनामूलक कार्यक्रम आयोजना गरिने बताइन् । वडास्तरमा रहेका बालक्लब र किशोरी क्लबहरूमार्फत सडक नाटक, वक्तृत्वकला जस्ता कार्यक्रम हुने उनको भनाइ छ ।

वडास्तरमा महिला हिंसा र कानुनी प्रक्रियाका विषयमा प्रहरी र सामाजिक अगुवाहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरिने उपाध्यक्ष मल्लले बताइन् । मंसिर १४ गते पालिकास्तरीय बृहत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने उनले बताइन् ।

नेपालगन्ज उपमहानगरपालिकासहित जिल्ला प्रहरी कार्यालय बाँके, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त सहकार्यमा अभियान शुभारम्भ भएको छ ।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सेतो रिबन वितरण गर्दै वडा नम्बर २० राँझास्थित शिव मन्दिरसम्म ¥याली निकालेर अभियान शुभारम्भ गरिएको छ । महिला हिंसाविरुद्धको उक्त दिवसका अवसरमा नेपालगन्जका दर्जन बढी सामाजिक संघसंस्थाले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख बिष्ट, उपप्रमुख कमरुद्दीन राई, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललगायतको उपस्थिति थियो । घरेलु र पारिवारिक हिंसा, मानव बेचबिखन, जातीय छुवाछुत र भेदभावको अन्त्यका लागि सोच र व्यवहार परिवर्तन गर्नुपर्ने सन्देश लेखिएका प्लेकार्डसहित ¥याली निकालिएको थियो । अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर २५ गते समापन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ११ गते मंगलबार