कोहलपुरमा गरिमा बैंकको बृहत रक्तदान, ६५ प्रिन्ट रगत संकलन



कोहलपुर ।

गरिमा विकास बैंक क्षेत्रीय कार्यालय कोहलपुरले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी शाखा कोहलपुरको प्राविधिक सहयोगमा बैंकले बृहत रक्तदान कार्यक्रम गरेको हो ।

गरिमा विकास बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको कोहलपुर शाखा प्रबन्धक श्रवण न्यौपानेले जानकारी दिए । उनका अनुसार सोही अनुरूप यस वर्ष पनि १८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

कार्यक्रममा ६५ जनाले रगत दिएका थिए । ‘कुनैपनि नागरिकले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको हो’ उनले भने, ‘प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले विभिन्न सामाजिक काम गर्ने गरेका छौंँ । सोही अनुरूप रक्तदान कार्यक्रम पनि एक हो ।’

इलाका प्रहरी कार्यालय कोहलपुरको दक्षिणतर्फ रहेको क्षेत्रीय कार्यालयबाट कोहलपुरका नागरिकलाई गरिमा विकास बैंकले बैंकसम्बन्धी सेवा प्रदान गर्दै आएको पनि न्यौपानेले जानकारी दिए ।

सो अवसरमा कोलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिनुका साथै अन्र्तक्रिया कार्यक्रम समेत गरिएको थियो । निर्वाचित सबै कार्यसमितिसँग बैंक क्षेत्रसँग सम्बन्धित लगायतका विषयमा समेत छलफल अर्थात् अन्र्तक्रिया गरिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ८ गते शनिबार