बझाङ,१३ कात्तिक/ जिल्ला प्रहरी कार्यालय, बझाङ्गले साढे ४ किलो अवैध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा प्रहरीले उनलाई आइतबार राति बझाङ्गको खोड्पे चैनपुर सडक खण्डमा पर्ने दुर्गाथली गाउँपालिका–२, मौरी बजार नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका–६ का ५० बर्षिय झब्बर बुढा र स्थानीय ४२ वर्षीय ज्ञानबहादुर बुढा छन् । थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०७४ कात्तिक १३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्