सलिकोको दक्षता अभिवृद्धि तालिम सम्पन्न



बर्दिया।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरूको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम (इन हाउस ट्रेनिङ) सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशस्थित बर्दिया जिल्लामा यही पुस महिनाको ९ र १० गते आयोजना गरिएको कार्यक्रममा ६५ जनाभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो ।

 

कम्पनीले आफ्ना कर्मचारीको पेसागत क्षमता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका सञ्चालक गजेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संसाधन, ब्रान्डिङ र ग्राहक सेवालगायतका विषयमा प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, प्रदेश प्रमुख र विभागीय प्रमुखहरूले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रमले कर्मचारीहरूमा ज्ञान र नवीन उत्साहको सञ्चार भएको सहभागीहरूले प्रतिक्रिया दिए । मर्जरसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बजार बिस्तारका साथै कर्मचारीहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिएको देखिन्छ । बजार बिस्तारमा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरूकै हुने तथ्यलाई मध्यनजर राखी प्रदेशस्तरका कर्मचारीलाई दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण कार्यक्रम राखिएको कम्पनीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार