जन जागरणको दुई दशकदेखिको अनवरत समाजसेवा



जन जागरण महिला संघ एक गैरसरकारी, गैरनाफामूलक र गैरराजनैतिक सस्ंथा हो । यो संस्था २०५६ साल साउन ५ गते विधिवत्रुपमा जिल्ला प्रशासन कार्यालय बर्दियामा दर्ता भएको छ । हालसम्म अनवरतरुपमा बर्दिया जिल्लामा गतिविधि गरिरहेको एक गैरसरकारी संस्थाका रुपमा जन जागरण महिला संघ छ ।


यस संस्थाले संस्थापनाकालदेखि नै सबैखाले भेद्भावको अन्त्य गर्दै महिला, बालबालिका, अपांग, स्वास्थ्य, कृषि तथा पशुपालन, पोषण, वातावरण, लैंगिक समावेशीकरण, जीविकोपार्जनको क्षेत्र र दिगो विकास तथा स्रोत साधनको न्यायपूर्ण स्रोत परिचालनमा वकालत गर्दै विपन्न र वञ्चितीकरणको पीडामा पिल्सिएकाहरुको जीवन स्तरमा सुधार ल्याई समतामूलक समाजको निर्माण गर्ने परिकल्पनाका साथ अगाडि बढिरहेको छ ।

महिला तथा बालबालिकाको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै महिला तथा बालबालिकामाथि हुँदै आएको अन्याय, विसंगति र कुरीतिका विरुद्घ उनीहरुलाई सचेत गराउँदै समाजमा जन जागरण गराउने उद्देश्यले स्वच्छ समाजको संरचनामा सघाउ पु¥याउने यस संस्थाको मुख्य उद्देश्य हो ।

महिलाहरुलाई आफ्नो हकहित अधिकार प्राप्तिको निम्ति संघर्षरत रहन प्रेरित गर्दै समाजमा महिलाहरुको सम्मानित भूमिका बढाइ समाजमा विकास क्रमका प्रत्येक पक्षहरुमा रचनात्मक कार्यमार्फत महिलाहरुलाई काममा सरिक गराउने उद्देश्यले यस जन जागरण महिला संघको विधानमा उल्लेख गरिएको छ ।


यस सस्ंथाले आफ्नो स्थापनाकालदेखि नै समुदायमा शिक्षा, स्वास्थ्य, आयआर्जन, रोजगारी सिर्जना, बालसंरक्षण, सरसफाइ, पोषण, खाद्य सुरक्षा, विपद् व्यवस्थापन, कृषि प्रणालीमा सुधार तथा विपन्न पूर्वाधारलगायतका क्षेत्रमा कार्य गर्दै समुदायको सकारात्मक परिवर्तनमा योगदान गरेको छ ।
(क) परिकल्पना
–स्वतन्त्र र अधिकार सम्पन्न महिलाहरुको नेतृत्वमा समाज निर्माण गर्ने ।
–हरेक क्रियाकलापले पछाडि परेका तथा पारिएका महिला दिदीबहिनीहरु तथा बालबालिकाहरुको जीवनमा दिगो परिवर्तन ल्याउने ।
–स्थानीय तथा जिल्लास्तरीय विभिन्न सरकारी निकायसँगको समन्वयनमा बहिस्कृत समुदायमा कार्य गर्ने । वातावरण तथा दिगो विकासका प्रयासहरु गर्ने ।
यस सस्ंथाले एक समान समाजको निमार्णमा जोड दिएको छ ।
(ख) ध्येय
–सस्ंथाको प्रयासमा महिलाहरुलाई प्रोत्साहित गरी उनीहरुको आवश्यकतालाई दिगोरुपमा पूर्ण गर्ने गरी प्रत्येक क्षेत्रमा नेतृत्व लिनका लागि सरोकारवालाहरुसँग नेटवर्क निर्माण गर्ने ।
–महिलाहरुको सामाजिक अधिकार, संस्कृति, मानव अधिकार, वातावरण सक्षंरण सशक्त र सुनिश्चित गर्ने ।
यस संघको उद्देश्य निम्नबमोजिम रहनेछ ।
(क) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सस्ंथासँग आबद्ध भइ कार्यक्रम गर्ने ।
(ख) दलित, जनजाति, पिछडिएका तथा निम्न वर्गका महिला र बालबालिकाको हकहितका निम्ति कार्य गर्ने ।
(ग) विभिन्न सामाजिक, आर्थिक, स्वास्थ्य, शैक्षिक, वातावरणीय कार्यक्रमहरुलाई फलदायीरुपमा सञ्चालन गर्न तथा गराउन लगाउने हो ।
(घ) वर्तमान सरकारको गाउँ विकास नै राष्ट्र विकास हो भन्ने लक्ष्यलाई सर्वोपरी ठानी गाउँको चौतर्फि विकास गरी (सामाजिक, आर्थिक, स्वास्थ्य, शैक्षिक, वातावरणीय) लक्ष्यमा सहयोग पु¥याउने हो ।
(ङ) कला साहित्य संस्कृतिको संरक्षण तथा विकास गर्ने ।
(च) पिछडिएका बालबालिका तथा महिलाहरुको अधिकार संरक्षण र सम्बद्र्धन गर्ने, गराउने ।
(छ) कृषि विकासमा टेवा दिने तथा मजदुरहरुको हकहितका लागि सहयोग पु¥याउने ।
(ज) समाजका महिलाहरुको सम्मानित भूमिकालाई बढाउने ।
(झ) मुतm कमैया, विस्थापित, अपांग असहाय तथा द्वन्द्वपीडितहरुको
स्वास्थ्य र शिक्षामा समान पहुँच पुराउनमा जोड दिने ।
(ञ) स्वास्थ्य, पोषण र सरसफाइमा सुधार गर्ने ।
(च) पिछडिएका बालबालिका तथा महिलाहरुको अधिकार संरक्षण र सम्बद्र्धन गर्ने, गराउने ।
(ङ) कला साहित्य संस्कृतिको संरक्षण तथा विकास गर्ने ।
संस्थाले काम गर्ने विषयगत क्षेत्रहरुः–
–स्वास्थ्य, शिक्षामा लक्षित वर्गहरु (दलित, आदिवासी, महिला, बालबालिका, अपांग, विपन्न वर्गहरुमा) को पहँुच बढाउन ।
–वातावरण तथा पर्यावरण सरक्षणसम्बन्धी कामहरु गर्ने ।
–महिला तथा बालबालिकाको अधिकार संरक्षण गर्ने ।
– समाजमा महिला नेतृत्वको भूमिकामा क्षमता विकास गर्ने ।
संस्थाले सेवा प्रवाह गर्ने लक्षित वर्गहरु :
लक्षित वर्ग : महिला तथा बालबालिका (दलित, मुस्लिम, मधेसी, मुक्त कमैया, भूमिहिन, सीमान्तकृत, अपांग, अल्पसंख्यक, लोपोन्मुख, विपन्न वर्गहरु, पिछडीएका, एकल महिला, सुस्तमनस्थिति) ।
संस्थाले काम गरिरहेका जिल्ला, पालिकाहरु
बर्दिया जिल्लाको ८ वटै पालिकाहरु (२ वटा गाउँपालिका र ६ वटा नगरपालिका)

संस्थाले हाल सञ्चालन गरेका कार्यक्रम
जन जागरण महिला संघले हाल विभिन्न संस्थाहरुको साझेदारीमा दुईवटा कार्यक्रम सञ्चालन गरिरहेको छ । सामाजिक परिचालनका लागि संघ संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिहेको छ । उक्त कार्यक्रम एकीकृत कृषि तथा पशुपन्छी विकासका लागि साझेदार संस्थाका रुपमा रहेको छ । यो कार्यक्रम हाल सञ्चालन भइरहेको छ । यो छोटो परियोजना हो ।
यस्तै सीमान्तकृत विकास तथा एकल महिलाहरुलाई जीविकोपार्जन कार्यक्रम तथा संस्थागत दिगोपन कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्यक्रमका लागि टेवा नेपालले साझेदारी गरेको छ । यो कार्यक्रम २०७९ देखि २०८० साल असारसम्म सञ्चालन हुनेछ ।

संस्थाले हालसम्म सञ्चालन गरेका मुख्यमुख्य कार्यक्रम 
संस्थाले स्थापनाकालदेखि हालसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । संस्थाको लक्ष्य र उद्देश्यअनुसार विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । महिला तथा किशोरीहरुलाई लक्षित गरेर युएसएआडी÷प्याक आइएसीकोको साझेदारीमा साझेदारी विकास–महिला सशक्तिकरण कार्यक्रमको दोस्रो चरण सञ्चालन गरिएको संस्थाले जनाएको छ । यस्तै सुहारा दोस्रो चरणको कार्यक्रम युएसएआडी÷एचकेआइकोको साझेदारीमा कार्यक्रम सञ्चाल भएको थियो । उक्त कार्यक्रमले किशोरी गर्भवति, २ वर्षमुनिका बच्चाहरु तथा आमाहरु (१००० दिने आमाहरु)का लागि सञ्चालन गरेको थियो ।


यस्तै बढैयाताल गाउँपालिका र टेवा नेपालको साझेदारीमा विपद्मा परेका महिला, किशोरी र बालबालिकाहरुका लागि जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा लैंगिक सवाल र वित्तीय जवाफदेहिता कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । यस्तै कृषक समूह तथा विपन्न वर्गका परिवारहरुका लागि कृषि ज्ञान केन्द्र बाँकेको साझेदारीमा भूमिहीनहरुलाई करार खेती कार्यक्रम पनि सञ्चालन भएको हो । यसैगरी कृषक समूह तथा विपन्न वर्गका परिवारहरुका लागि हेभर प्रोजेक्ट इन्टरनेसलनको साझेदारीमा साना किसान सवलीकरण परियोजना सञ्चालन जन जागरण महिला संघले जनाएको छ ।
संस्थाको मुख्य मुल्य मान्यताहरु :
(क) तटस्थता : राजनैनिक आस्था र विचारको आधारमा पूर्वाग्राही नराखी तटस्थरुपमा काम गर्ने ।
(ख) पारदर्शीता : संस्थाका हरेक क्रियाकलाप तथा नियर्णयहरु पारदर्शीता हुनेछन् ।
(ग) जवाफदेहिताः संस्थाबाट सञ्चालन हुने क्रियाकलापहरु प्रति सस्ंथाको जवाफदेहिता रहनेछ ।
(घ) समावेशीता संस्थाको संरचना तथा कार्यक्रमहरुमा समावेशीताको सिद्धान्तलाई अवलम्बन गरिने छ ।
(ङ) निष्पक्षताः संस्थाका कार्यक्रम तथा नीतिहरुमा लिंग, भाषा, क्षेत्र, सम्प्रदाय, धर्म तथा जातको आधारमा विभेद् नगरिने ।
(च) शून्य सहनशीलता : भ्रष्टाचार र दूराचार तथा संस्थाको नीति, नियम र आचार संहिताको उल्लंघन गरेमा स्वतः जिम्मेवारीबाट पदमुक्त गरिने ।
संस्थाको समुदायमा काम गर्न अपनाउने रणनीतिहरु :
–दु्रत, मध्यवती र दीर्घकालीन हस्तक्षेपहरु ।
–स्थानीय स्रोत साधनमा स्वामित्व र प्रशासन ।
–साझेदारी, सहयोग र नेटवर्किङ ।
–सामाजिक समावेशीकरण र सशक्तिकरण ।
–संस्थागत र नेतृत्व विकास ।
–तटस्थरुपमा काम गर्ने ।

जन जागरणका यस्ता छन् आगामी योजना
संस्थालाई अझै निरन्तरता दिने योजना रहेको छ । संस्थाले धेरै समय गुजारीसकेको छ । अझै पनि महिलाहरुका मुद्दामा धेरै काम गर्न बाँकी रहेको कुरा सुनाउँछिन् अध्यक्ष गोमा पौडेल । उनका अनुसार संस्थाको साधारण सभा आयोजना हुँदैछ । संस्थाको नियमअनुसार आगामी कार्ययोजना निर्माणका लागि काम हुनेछ । कार्ययोजनाअनुसार नै योजना बनाएर संस्था अघि बढ्ने उनले बताइन् ।

केही योजना निरन्तरता दिने उनले बताइन् । महिलाहरुको नेतृत्व विकास गर्ने योजना रहेको बताइन् । साझेदार संस्थाहरुसँग मिलेर थप नयाँ कार्यक्रम पनि सञ्चालन गर्ने उनले बताइन् । महिलाहरुलाई सीपमूलक क्षेत्रमा लगाउने नीति रहेको छ । महिलाहरुलाई हरेक क्षेत्रमा पहुँच पु¥याउने रहेको छ । समृद्ध समाजको लागि महिलाहरुको विकास हुन आवश्यक छ । त्यसैले महिलाहरुलाई नै अघि बढाउने योजना रहेको छ । थप रोजगारी सिर्जना गर्ने योजना रहेको छ ।

समाज रुपान्तरणका लागि काम गरेका छौं
गोमा पौडेल
अध्यक्ष, जन जागरण महिला संघ
आमा समूहको रुपमा संस्था स्थापना भएको हो । तीनजनाको समूहबाट संस्था स्थापना भएको थियो । महिलाको हक र हितका लागि निम्ति काम गर्ने, संस्कृतिको विकास गर्ने, महिलाको पहुँच वृद्धि र सक्षम महिला बनाउने थियो । सुरुवातमा हामीले बचतबाट सुरु भएको हो । पाँच रुपैयाँ उठाउँथ्यौँ । २ रुपैयाँ विकासमा लगानी हुन्थ्यो । कृषिमा समेत लगानी गथ्र्यौँ । संस्थाले प्रौढ कक्षा पनि सञ्चालन गरेका थियौँ । रातिको समयमा बत्ती बालेर पढ्थ्यौँ । यसले महिलाहरुलाई अघि बढाइ यसलाई बाहिस्कार गर्नुपर्ने भन्ने कुरा हो । मलाई नेता बन्ने भनेर हप्काए । धेरै धम्की आउथ्यो ।


संस्थाको सुरुवाती चरणमा हामीले निकै नै ठूलो व्यवधान भोग्यौँ । हामीलाई सामाजिक बहिस्कारदेखि कालो मोसो दल्नेसम्मका कामहरु भए । हामीले संस्था सुरुवात गरेको समयमै यस्ता प्रकारका गतिविधि भएका थिए । तर हामीले जस्तो सुकै गम्भीर परिस्थिति सिर्जना भएपनि आफ्नो उद्देश्यमा रत्तिभर पनि डगमगाएनौँ ।
संस्था सञ्चालनका लागि हामीले देउसीभैँलोसमेत खेल्थ्यौँ । संस्था सञ्चालनका लागि धेरै संस्थाहरुसँग साझेदारी गरेका छौँ । हामीलाई सबैभन्दा धेरै सहयोग गर्ने संस्था टेवा नेपाल हो । टेवा नेपालले सहयोग नगरेको भए हामी अहिलेसम्म यहाँ हुन्थेनौँ ।

उहाँहरुले हामीलाई धेरै हौसला प्रदान गर्नुभयो । पछि संस्थाले आर्यआर्जनमूलक कार्यक्रम आयोजना गरेका थियौँ । बाख्रापालन व्यवसायबाट धेरै महिलाहरु आर्थिकरुपमा सशक्त हुनुभएको छ । टेवा नेपालसँगको सहकार्यमा २०५७ सालमा सुरु भएको कार्यक्रम अहिले पनि सुरु भएको छ । सीमा क्षेत्रमा महिलामाथि हुने हिंसाका विरुद्ध पनि कार्यक्रम सञ्चालन गरेको हो ।

यतिमात्रै होइन हामीले घाँस उत्पादन कार्यक्रम सञ्चालन गरेका छौं । टेवा नेपालसँगको अर्थ संकलन कार्यक्रम निकै प्रभावकारी रह्यो । विपन्न वर्ग हाम्रा मुख्य प्राथमिकताका क्षेत्र हुन् । यस्तै सुत्केरी महिलाहरुका लागि पनि कार्यक्रम सञ्चालन गरेका थियौँ । सुत्केरी महिलाहरुलाई अस्पतालसम्म लैजान बाटो राम्रो थिएन । हाम्रो क्षेत्रमा त्यस्तो अवस्थामा तीनजना महिलाको मृत्यु भयो । संस्थाको अगुवाइमा हामीले आरआरएनसँगको सहकार्यमा तीन किलोमिटर सडक निर्माण गरेका थियौं । यस्तै सरसफाइका क्षेत्रमा समेत संस्थाले काम गर्दै आएको छ । धेरै ठाउँमा शौचालयसमेत निर्माण भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ९ गते मंगलबार