बाँसगढी । बाँसगढी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा भवनकुमार थारु सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार सविनकुमार थापा र विपीन पौडेलले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्वत अध्यक्षमा निर्वाचित भएको हुन् ।

सहमतिमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत गरिएको छ । भवनकुमारको अध्यक्षतामा नौजना खुला र तीनजना महिला सदस्य निर्वाचित भएका छन् । खुला सदस्यमा लक्ष्मीप्रसाद शर्मा अधिकारी, भीमप्रसाद जैसी रिजाल, पुण्यप्रसाद बजगाई, लोकप्रसाद शर्मा, राजुप्रसाद शर्मा, कृष्ण चौलागाई, दानबहादर बुढा, मनिराम आचार्य र विकास सुवेदी सर्वसम्वत निर्वाचित भए ।
त्यस्तै, महिला सदस्यमा राधा उपाध्याय अधिकारी, माया सापकोटा थापा र सीता क्षेत्री पनि सर्वसम्वत निर्वाचित भए । क्याम्पस सञ्चालक समितिका सबै पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भए पनि आधिकारिक रूपमा भने घोषणा नगरिएको निर्वाचन समिति संयोजक ईश्वरीप्रसाद रिजालले बताए ।








प्रतिक्रिया दिनुहोस्