30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

प्रेमिका करिश्मासँग मंसिर १२ गते विवाह गर्दै सलोन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९  

काठमाडौं ।

अभिनेता सलोन बस्नेत बैवाहिक बन्धनमा बाँधिने भएका छन्। बस्नेतले प्रेमीका करिश्मा केसीसँग मंसीर १२ गते गर्न लागेका हुन्।

आफूहरु बिहे गर्न लागेको अभिनेता सलोन बस्नेतले जानकारी दिए। ‘मंसीर १२ गते हाम्रो बिहे फिक्स भएको छ। बिहे फिक्स भए पनि कुन ठाउँमा बिहे गर्ने भन्ने कुरा टुंगो लाग्न सकेको छैन। अहिले म फिल्मकै प्रमोसनमा व्यस्त छु।’ उनले भने।

आफूहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको समेत सलोनको भनाई छ। करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेसको काम गर्छिन्।

होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, यात्रा जस्ता फिल्मबाट चर्चा कमाएका सलोनको कात्तिक १८ गतेदेखि फिल्म ‘मीलन’ प्रदर्शन हुँदैछ।

प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९     9:59:33 AM  |