बर्दिया ।
प्रहरीले मधुवनबाट जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ माचड चोकबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो ।
स्थानीय सोमई थारूको घरमा जुवा भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी लगायत रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको थियो । उनीहरूको साथबाट नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक ताससहित फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार









प्रतिक्रिया दिनुहोस्