मेडिकल कलेज कोहलपुरको होस्टेलमा एमबीबीएस अध्यनरत विद्यार्थी झुण्डिएको अवस्थामा फेला



बाँके ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्यनरत एक छात्र होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत एक छात्र झुण्डिएको अवस्थामा फेला परेको कोहलपुर प्रहरीले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा नै रहेको छात्रबासमा नेपालगन्जमा सिद्धार्थ बैश्य झुण्डीएको अवस्थामा फेला परेका हुन् । यसबारे थप अनुसन्धान आडि बढाइएको कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

‘अहिले म यही घटनास्थलमा नै छु’ उनले मिसन टुडे न्यूजसँग भने, ‘यसबारे हामीले गहन रुपमा अनुसन्धान थालेका छौं ।’ यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २ गते बिहीबार