15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

रोड परमिट नभएका बस नियन्त्रणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३  

राम बहादुर रावत
कोहलपुर, भदौ १७
मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले रोड परमिट नभएका तीनवटा बसलाई नियन्त्रणमा लिएको छ । नेपालगञ्ज देखि काठमाण्डौ जाने दुई र नेपालगञ्ज देखि विराटनगर जाने एक बसलाई बिहीबार नियन्त्रणमा लिइएको मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
नेपालगञ्ज देखि काठमाण्डौका लागि बिहीबार बिहान ना ५ ख ७४८५ र ना ५ ख ९५१४ नम्बरका दुई वटा बसलाई नियन्त्रण लिएको थियो । बसहरुको रोड परमिट रात्रि सेवा भए पनि दिवा सेवा दिएको थाहा भए पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

IMG_1128
त्यस्तै नेपालगञ्ज देखि विराटनगर जाने ना ४ ख ४६५७ नम्बरको बसलाई पनि नियन्त्रणमा लिएको छ । दिवा सेवाको लागि हुने पर्ने बसलाई बेलुकी ४ बजे नेपालगञ्जबाट विराटनगर प्रस्थान गराएको थाहा पाए पछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका बसहरुलाई आवश्यक कार्यवाहीका लागि यातायात कार्यलयको जिम्मा दिने मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३     7:12:48 PM  |