मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४
रौतहटः रौतहटको गौरस्थित प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । रौतहटको गौरस्थित नगरपालिका कार्यालय अगाडी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । मोर्चाका कार्यकर्ताले उक्त स्थानबाट सिठी र लाठी जुलुस निकाले पछि दुवै पक्षबीच झडप भएको हो ।
मोर्चाका कार्यकर्ताहरुले प्रहरीमाथी आक्रमण गरेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको स्थानी प्रहरीले जनाएको छ । सरकारले वैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनको विरोध गर्दै मोर्चाले विविध विरोधका कार्यक्रम आयोजना गरेको छ । उक्त विरोधका कार्यक्रम अन्तर्गत बिहीबार मोर्चाका कार्यकर्ताहरुले लाठीसहित सिठी जुलुस गरेको बताइएको छ ।