जमुनाह सीमामा लापरबाही वा घुसपैठ ?



तीनवटा सुरक्षा पोस्टलाई झुक्याएर कसरी यति ठूलो परिणामको चिनी र दाल भन्सार छलेर भित्रियो ? यसले तत स्थानमा परिचालन भएका तत निकायलाई पुनः शंकाको घेरामा तानिदिएको छ ।

एउटा सामान्य व्यक्तिले एउटा पेयपदार्थ भिœयाउँदा अनावश्यक अल्झन थाप्ने सुरक्षाकर्मी र भन्सारका कर्मचारीले यति धेरै चोरीपैठारी हुँदा के गरेका थिए ? भन्ने जनजनले प्रश्न गर्न थालेका छन् ।

जमुनाह नाका हुँदै शुक्रबार भारत जाँदै गरेको कन्टेनर । प्रहरीकै अगाडीबाट कन्टेनर चालक फरार भएका थिए ।

नेपालगन्ज ।

नेपालगन्ज–१, स्थित नन्दनी मिलको प्रांगणमा भन्सार छली चोरीपैठारीको चिनी र दाल प्रहरीले सोमबार (९ गते) बरामद ग¥यो । प्रदेश प्रहरी कार्यालय दाङको विशेष अनुसन्धान टोलीको सहयोगमा प्रहरीले बरामद गरेको थियो । त्यसको परिणाम थियो, ‘चिनी पाँच सय २० बोरी र ५१ बोरी दाल ।’ बरामद गरिएको चिनी र दालको करिब १९ लाख २७ हजार मूल्य पर्न जान्छ ।

यति ठूलो परिणाममा भित्रिएको चोरीपैठारीको समानले भन्सारमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीको लापरबाहीलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ । नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी दिनभरि खटिएका हुन्छन् । त्यसभन्दा माथि भन्सार कार्यालय अगाडि पनि उनीहरु चोरीपैठारी नियन्त्रणलगायत सुरक्षाका विषयमा परिचालन हुन्छन् भने चौलिक्का नजिकै पनि सशस्त्र प्रहरीले चेकजाँच गर्छ ।

यी तीनवटा सुरक्षा पोस्टलाई झुक्याएर कसरी यति ठूलो परिणामको चिनी र दाल भन्सार छलेर भित्रियो ? यसले तत स्थानमा परिचालन भएका तत निकायलाई पुनः शंकाको घेरामा तानिदिएको छ । एउटा सामान्य व्यक्तिले एउटा पेयपदार्थ भिœयाउँदा अनावश्यक अल्झन थाप्ने सुरक्षाकर्मी र भन्सारका कर्मचारीले यति धेरै चोरीपैठारी हुँदा के गरेका थिए ?

भन्ने जनजनले प्रश्न गर्न थालेका छन् । यति मात्र होइन सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्दा तीन स्थानमा चेकजाँच छलेर नेपालगन्ज भित्रिएका समान जिल्ला प्रहरी र प्रदेश प्रहरीको टोलीले समात्ने गरेको छ । वडा प्रहरी, सशस्त्र प्रहरीले बेलाबेला बरामद गर्ने समानले पनि सीमा सीमामा लापरबाही वा घुसपैठ भन्ने विषयलाई बहसको विषय बनाउने गरेको छ ।

भन्सार क्षेत्रका खटिएका सुरक्षाकर्मी र भन्सारका कर्मचारीलाई घुसपैठको आरोप नलाग्ने गरेको होइन तर, त्यो आरोप पुष्टि भनेको हुँदैन । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति छ । आठवटा बोर्डर आउटपोष्ट (विओपी) पोस्ट छ भने दुईवटा प्रस्तावित छन् । नेपाल–भारत प्रमुख प्रवेशद्वारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी छन् ।

त्यसभन्दा बाहिर पनि सुरक्षाकर्मीको विशेष टोली छ । सुरक्षा निकायले भने मुख्य-मुख्य नाकाबाट चोरीपैठारी नभएको भन्दै खुला सीमाका कारण चोरीपैठारीमा चुनौती भएको बताएका छन् । सशस्त्र प्रहरीको काम भनेकै सीमा सुरक्षा भएको भन्दै सशस्त्र प्रहरीका एसपी जनकराज बस्नेतले भने, ‘केन्द्र, जिल्लाका सुरक्षा निकाय, निजी क्षेत्रको समन्वय र सहकार्यमा चोरीपैठारी नियन्त्रणका काम गर्दै आएको छुँ ।’

‘खुला सीमा छ । चोरीपैठारीका समान कुन ठाउँबाट भित्रिन्छन्, पत्तै हुँदैन,’ उनले भने, ‘बेलाबेलामा सीमा क्षेत्रमा गस्ती पनि हुन्छ । तर गस्तीलाई समेत झुक्याउँछन् ।’ अहिले चोरीपैठारीका लागि साइकल प्रयोग बढी हुने गरेको उनी बताउँछन् । ‘मोटरसाइकल र गाडीबाट भिœयाउन बाटो नभएको ठाउँमा कठिन छ,’ उनी भन्छन्, ‘बाटै नभएको ठाउँमा साइकलबाट चोरीपैठारी हुन्छ । यस्तो थाहा पाएपछि मैले विशेष पहल गरेको छुँ ।’

यता सीमा सुरक्षाकर्मी सइ माधव रिजालले भने, ‘पहिलाभन्दा अहिले सीमा क्षेत्रमा चेकजाँच कडा पारिएको छ । अस्तीको त्यो ठूलो चिनी हेर्दा एकैपटक भिœयाएको जस्तो लाग्दैन । पटकपटक गरेर चोरीपैठारी गरेर नेपाल भिœयाइएको जस्तो छ ।’ मुख्य जमुनाह नाकाबाट चोरीपैठारी रोकिएको उनको दाबी छ ।

सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप रोक्न जमुनाह नाकामा प्रहरीले सीसी क्यामेरासमेत जडान गरेको छ । चोरीपैठारी एउटाको प्रयासबाट मात्र सम्भव नहुने भन्दै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख अर्जुन न्यौपानेले भने, ‘मान्छे एक किलो चिनी लिन पनि भारतीय बजार पुग्छ । दैनिक उपभोग्यदेखि अन्य समान ल्याउन जाने बानी छ । त्यो यतै किन्दा पनि हुन्छ ।

अर्काे कुरा १० किलो चिनी बोकेर एउटै मान्छे सयपटक यताउता गर्छ ।’ खुला सीमाका कारण मुख्य नाकाभन्दा बाहिरी क्षेत्रबाट चोरीपैठारी हुने गरेको उनी बताउँछन् । चोरीपैठारीमा यसमा उपभोक्ता, व्यवसायीहरुको पनि सहयोग आवश्यक रहने उनी बताउँछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार