नेपालगन्ज ।
मनसुनी वायु र स्थानीय बायुको प्रभावस्वरु आज देशैभरीको मौसम बदली भएको छ। बागमती प्रदेशसहित देशका धेरै ठाउँमा राति देखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार आज बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश १ मा सामान्य देखि पूर्ण बदलीको अवस्था छ। त्यसैगरी गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली छ।
आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षासँग बाढी पहिरोको जोखिमसमेत रहने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।
महाशाखाका अनुसार विगत २४ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा विराटनगरमा भएको छ। यस अवधिमा विराटनगरमा ५१ दशमलव ५ मिलिलिटर वर्षा भएको छ।
विराटनगरपछि काठमाडौंमा धेरै वर्षा भएको छ। २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ३२ दशमलव २ मिलिलिटर वर्षा भएको छ।
त्यसैगरी यस अवधिमा पोखरामा १७ दशमलव ९, धनकुटामा १२ दशमलव ८, ताप्लेजुङमा १३, ओखलढुंगामा ७ र घोराहीमा २ दशमलव ८ मिलिटिर वर्षा भएको छ।









प्रतिक्रिया दिनुहोस्