दाङ ।
दाङमा एक नाबालिगले नवजात शिशुको हत्या गरेको स्वीकारेकी छन् । राप्ती गाउँपालिका-३ मसुरीयामा अविवाहित ती १५ वर्षीया नाबालिगले आज बिहान ४ बजे शिशुको हत्या गरेकी थिइन् ।
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार शिशुकी आमाले नै आफ्नो बच्चा मृत भेटिएको खबर प्रहरीलाई गरेकी थिइन् । सुरूमा आफू बाहिर गएको बेला बच्चा हराएको र खोज्दा शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको उनले प्रहरीलाई बताएकी थिइन् ।
एसपी काफ्लेका अनुसार ती किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिशुको हत्या आफैंले गरेको साबिती बयान दिएकी छन् । बच्चा रोएकाले अरुले थाहा पाउलान् भनेर हत्या गरेको उनको स्वीकार छ । नाबालिक भएकाले उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
ती नाबालिगले प्रेमी गणेश घर्तीसँग बिहे गर्ने शर्तमा सहमतिमै शारीरिक सम्पर्क राखेको र जेठ ९ मा शिशुलाई जन्म दिएको बताएको प्रहरीको भनाइ छ ।
प्रेमी गणेश भने रोजगारको सिलसिलामा जिल्ला बाहिर छन् ।









प्रतिक्रिया दिनुहोस्