कोहलपुर, ४ असार / कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवाहरुले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सुकुम्बासी जनतालाई लालपुर्जा दिने बताएका छन् । उनीहरुले कोहलपुर क्षेत्रको प्रमुख समस्या भनेकै ऐलानी जग्गामा बासोबास गर्दै आएका जनताकहरु पुस्तौ पुस्ता विति सक्दा पनि लालपुर्जा नपाउनु भएकाले पहिलो प्राथमिकताको काम भनेकै लालपुर्जा वितरण हुने कुरामा जोड दिएका छन् ।
कोहलपुरका क्षेत्रका विभिन्न विकासका भौतिक संरचना निर्माण, सुकुम्बासी समस्या सामाधान, औद्योगिक तथा व्यापारीक क्षेत्र निर्माण, हरित नगर स्थापना, पर्यटकीय क्षेत्र निर्माण, बाँके राष्ट्रिय निकुञ्ज वरपरको मध्यवर्ती क्षेत्रका स्थानीयका समस्या समाधान, शिक्षा, स्वास्थ्य, रोजगार, स्वच्छ खानेपानी, खेलकुद, फोहरमैला व्यवस्थापन जस्ता विषयलाई उम्मेदवारहरुले आफ्ना एजेण्डाका रुपमा उठाएका थिए ।
प्रकाशित मिति : २०७४ असार ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्