पिपिरीमा पुनः मतगणना सुरु



कोहलपुर : कोहलपुरस्थित पिपिरी मतदान केन्द्रमा रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । सर्वदलीय बैठकले पुनः मतदान गर्ने सहमति गरेपछि यहाँ पुनः मतदान सुरु भएको हो ।

मतदानस्थलमा रहेका हाम्रा सहकर्मीहरुका अनुसार दुई हजार दुई सय ६२ मतमध्ये १२ मत बदर मान्ने र दुई हजार दुई सय ५० मत सदर हुने गरी मतपेटिका शिल गरिएको छ । मतदान समय सकिएपछि मतदान केन्द्रभित्र प्रवेश गरेका ६८ जनालाई मतदान गर्न मिल्ने गरी सहमति भएको मिसनकर्मीले जनाएका छन् । उक्त मत तीनवटा नयाँ मतपेटिकामा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार