कोहलपुर : नेपाली कांग्रेस कोहलपुरका पूर्व नगर सभापति बलराम शर्माले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार स्वतन्त्र रुपमा कोहलपुरको मेयरमा दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका हुन् ।
कोहलपुरबाट मेयरको आंकाक्षी रहेका शर्माले पार्टीले टिकट नदिएपछि पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टी विरुद्ध बागी उम्मेदवारी दिएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै उनले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् । उनले फेसबुकमा लेखेका छन्,कोहलपुर नगर प्रमुखमा रहेको मेरो स्वतन्त्र उमेदवारी मैले फिर्ता लिएको छु ।आम जनताएवं कार्यकर्ता हरू मा नेपाली काँग्रेसका उम्मेवारहरूलार्इ जिताउनको लागि हार्दिक अपिल गर्दछु ।
प्रकाशित मिति : २०७९ वैशाख १६ गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्