वीरेन्द्रनगर तनावग्रस्तः १२ राउण्ड अश्रु ग्यास प्रहार, १० जना पक्राउ



सुर्खेत ।

एमसीसी पाससँगै आज गरिएको बन्दमा सुर्खेत तनावग्रस्त बनेको छ । विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका क्रममा कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगर तनावग्रस्त बनेको हो ।

वीरेन्द्रनगरको मंगलगढी चोकमा बन्दकर्ता र प्रहरी विच अहिले झडप भईरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अर्सुग्यास हानेको छ ।

तर विभिन्न गल्लीबाट निस्केका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन् । प्रहरीले अहिलेसम्म १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार