मेगा बैंक नेपाल लिमिटेडकी कार्यकारी निर्देशक (सीईओ) अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन् ।
काठमाडौंमा आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो ।
बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सिईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो ।
अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताउँद खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहक र कर्मचारीलगायतलाई जाने बताइन् ।
सीईओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सीईओ हुन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो ।
प्रकाशित मिति : २०७८ पुस २५ गते आइतबार










प्रतिक्रिया दिनुहोस्