कोहलपुर ।
बाँकेमा कारले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं। २ का ४० वर्षीय हुमुम डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं। २ अगैयास्थित को पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडकमा बस रोकेर पिसा फेर्न सडक पार गर्दागर्दै आइतबार राती ९ बजे डाँगीलाई प्रदेश ३–०१–०२२ च ५८८४ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भिर घाइते भएका उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डाँगी ना ७ ख३३९ नं को बस बाट पश्चिमतर्फ गइरहेका थिए ।
कारसहित चालक लाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ मंसिर २० गते सोमबार









प्रतिक्रिया दिनुहोस्