30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

दाङमा पत्रकार परिचयपत्र वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४  

दाङ्ग, १८ बैशाख / नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत सूचना विभागले दाङमा घुम्ती शिविरमार्फत यहाँका २१२ जना पत्रकारलाई पत्रकार परिचयपत्र वितरण गरेको छ । विभागको एक टोलीले शनिबार र आइतबार दाङमा गरिएको घुम्ती शिविरका क्रममा २१२ पत्रकारलाई परिचयपत्र वितरण गरेको हो ।
यसैगरी प्रेस प्रतिनिधि प्रमाण पत्र वितरण १५३ जना र प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरण ५९ जना गरी जम्मा २१२ जनालाई पत्रकार परिचयपत्र वितरण गरीको हो । जसमा महिला ४४ जना पुरुष १६८ पत्रकार रहेका छन् ।
त्यस्तै पत्रिकाको स्थायी प्रमाणपत्रका लागि दुईवटा, टेलिफोनको महसुल छुटका लागि दुईवटा सिफारिस गरेको हो ।
दाङ, रोल्पा, सल्यान र प्युूठान जिल्लालाई लक्षितगरी सञ्चालन गरीएको शिविरमा दाङका १५७ जना, प्यूठानका ५३ जना र सल्यान २ जना पत्रकारहरुलाई परिचयपत्र दिएको हो ।

प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४     12:11:59 PM  |