लागू औषध सहित एक पक्राउ



कोहलपुर, ८ बैशाख  / अवैध लागू औषध सहित एकजनालाई बाँके प्रहरीले बिहीबार पक्राउ गरेको छ । अपरान्ह साढे ५ बजे जमुनाहा नाकामा ४५ पिस नाईट्रोभ्याट ट्यावलेट सहित कोहलपुर ११ का १८ वर्षिय सन्तोष पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीय बजार रुपैडिहाबाट नेपालगञ्ज आउँदै गरेका पुरीलाई चेकजाँच गर्ने क्रममा लागू औषध प्रहरीले फेला परेको हो । उनलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख ८ गते शुक्रबार