कोहलपुर, ६ चैत्र / नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले संविधान संशोधन कुनै पनि हालतमा पारित हुन नदिने बताएका छन् । शनिबार नेपालगञ्जमा पत्रकारसँगको भेटघाटमा महासचिव पोख्रेलले संविधान संशोधन राष्ट्रघाती भएकाले संशोधन विधेयक पारित हुन नदिने ठोकुवा गरेका हुन् ।
संविधान संशोधन भए त्यसले राष्ट्रलाई दिर्घकालिन रुपमा बिदेशीको पन्जामा पार्ने निश्चित भएको उनले बताए । संविधान संशोधन राष्ट्रघाती भएको जनताले पनि बुझ्दै गएको उनको भनाई छ ।
महासचिव पोख्रेलले सरकार बिदेशीको इसारामा चलिरहेको बताउँदै यसले निर्वाचन हुनेमा आशंका पनि व्यक्त गरे । सरकारलाई निर्वाचनका लागि दवाव दिन सबै लाग्नुपर्ने उनको तर्क छ ।
प्रकाशित मिति : २०७३ चैत ६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्