नुवाकोटको किस्पाङमा बस दुर्घटनाः ३० जना घाइते, उद्धार कार्य जारी



काठमाडौं ।

नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको जानकारी दिए ।

भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १ गते सोमबार