विराटनगरबाट फर्केको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङ गर्ने तयारी गरिएको छ ।
काठमाडौंबाट विराटनगरका लागी उडेको विमान त्यहाँ अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । जहाज अहिले आकाशमा घुमिरहेको छ ।
जहाजले फ्युल बर्न गरिरहेको र ल्यान्डिङ गियर भेरिफाई गर्ने काम भइरहेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताए ।
उनले भने–‘ल्यान्डिङ गियर एउटा आधा मात्र देखिएको छ, समस्या भयो भने इमर्जेन्सी ल्यान्डिङ गराउने तयारीमा छौँ ।’
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमबार










प्रतिक्रिया दिनुहोस्