सम्पादकीय : साउने वर्त सकियो



यस वर्षको साउन महिना सकिएको छ । नेपाली हिन्दु नारीहरुले साउन महिनालाई विशेष रुपमा लिने गरेका छन् । साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन् । विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ । सोमवार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् । साउनको अन्तिम सोमबार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन् । साउन महिनाभर वर्त बसेका महिनाहरुले अन्तिम सोमबारको अवसरमा विभिन्न शक्तिपीठहरुमा गएर पूर्जाआजा गरेर अन्त्य गरेका हुन् । उक्त सोमबार देशभरका विभिन्न शिव मन्दिरहरुमा महिलाहरुको ठूलो भीड लागेको थियो । हिजो बाँके जिल्लाको नेपालगञ्जमा रहको सबैभन्दा प्रसिद्ध बागेश्वरी मन्दिरमा समेत पूजाआजाका लागि जिल्लाका विभिन्न स्थानबाट मानिसहरु आएका थिए । विहानैदेखि महिला, युवती, बालबालिका र पुरुषहरु समेतको आउजाउ चलिरहेको थियो । नेपाल प्रहरीको निगरानीमा पूजा आजा भइरहेको उक्त मन्दिरमा महिलाहरु पूजा गर्नको लागि लामो लाइन लागेका थिए ।

व्रतालु महिलाहरुले साउन महिनाभर हातमा मेहेन्दी, हरियो र पहेँले चुरा, पहेँलो र हरियो कपडा लगाएर व्रत बस्छन् । कोरोनाको कारण यसवर्ष बागेश्वरी मन्दिर बन्द भएपनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको थियो । व्रतालुहरु मन्दिर परिसर बाहिर रहेका शिवलिङ्गहरुमा जल, फूल, अक्षता चढाएर पूजा गरिरहेको देख्न सकिन्थ्यो ।n यो महिनामा वर्त बसेका श्रीमानको आयू चीरञ्जीवी हुने धार्मिक विस्वास रहेको छ । युवतीहरु हुनेवाला श्रीमान राम्रो, असल पाइयोस भन्ने कामना गर्छन् भने ।विवाहित महिलाहरुको वर्त बस्ने उद्देश्य भनेको श्रीमानको दीर्घायुको कामना नै हो । त्यसैले यो वर्त हिन्दु धर्मावलम्बी महिलाहरुले मात्रै बस्ने गरेका छन् ।

यो हिन्दु नारीहरुका लागि धार्मिक महिना समेत हो । यसै पनि हिन्दु नारीहरुको महान तथा पवित्र पर्वको रुपमा रहेको हरितालिका तीज समेत आउँदैछ । महिलाहरुले वर्षभरी भएका सुखदुःखहरु साटफेट गर्ने पर्वका रुपमा रहेको तीज महिलाहरुका लागि विशेष पर्व समेत हो । यस वर्ष कोरोना कहरका बीच साउने वर्त सकिएको छ । यस वर्ष पाँच वटा साउन परेकोले समेत सोमबारे वर्त विशेष रहयो । तीजमा समेत कोरोना कहरल छुने सम्भावना रहेको छ । यस्तै अवस्थामा सबै भन्दा ठूलो धन भनेको हाम्रो स्वास्थ्य नै हो । त्यसैले यसमा सम्पूर्णले ध्यान दिनैपर्छ । कोरोनाबाट जोगिनु नै हाम्रो बुद्धिमता हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २ गते बुधबार