प्रदिप खड्काद्धारा कोहलपुरमा नयाँ स्कूटर उद्घाटन



कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकामा रहेको पानस अटोमोटिभ्स प्राइभेट लिमिटेडले नयाँ स्कुटर बजारमा ल्याएको छ ।

बिहीबार एक कार्यक्रमका बीच नायक प्रदिप खड्काले टिभीएस मोटर कम्पनीको (बिएस–भिआई)कम्प्लायन्सको (टिभिएस एनटिओआरक्यू आरटिएफआई) स्कूटर कोहलपुरमा पहिलोपटक लन्च गरेका हुन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेकी कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरी र नायक खड्काले उक्त नयाँ स्कूटरको संयुक्त रुपमा उद्घाटन गरेका थिए । कोहलपुरमा टिभीएस मोटरसाइकल र स्कूटरको आधिकारिक बिक्रेता पानस अटोमोटिभ्स प्राइभेट लिमिटेडको शोरुममा नयाँ स्कुटर बजारमा ल्याएको हो ।
टिभीएस मोटर कम्पनीका ब्रान्ड एम्बेसेडर समेत प्रदीप खड्काले आरटिएफआई स्कूटर विशेष रहेको भन्दै चलाउन राम्रो रहेको र आफूले समेत प्रयोग गरिरहेको बताए ।

विश्वमा टु व्हीलर र थ्रीव्हीलरको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले (बिएस–भिआई) कम्प्लायन्सको टिभीएस एनटर्क १२५ रेस ट्युन्ड ईन्जेक्शन आरटिएफआई कोहलपुरमा ल्याएको हो । नायक खड्काले पनि नयाँ आएको स्कुटर अत्यन्त उपयोगी रहेको बताएका छन् ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरीले पनि शोरुमले कोहलपुरमा पहिला राम्रो काम गरेको र आगामी दिनमा समेत राम्रो काम गर्ने विश्वास व्यक्त गरिन् ।

पानस अटोमोटिभ्स प्राइभेट लिमिटेडको शोरुमका सञ्चालक मनप्रसाद आचार्य टिभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर रहेको बताए ।

यो उद्योगको पहिलो प्रविधि अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको बताए ।
स्कूटरले टिभीएस रेसिंग पेडिग्रीद्धारा समर्थित समेत उत्कृष्ट रहेको छ ।

नयाँ स्कूटरले स्मार्ट कनेक्टलाई प्रस्तुत गर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २१ गते बिहीबार